×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयद्वारा उल्लङ्घन, रामचन्द्र पौडलकी भाइ बुहारीको जागिरी चट !

अर्थ सरोकार

प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार

PRIME CA

मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयद्वारा उल्लङ्घन, रामचन्द्र पौडलकी भाइ बुहारीको जागिरी चट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आफ्नै सरकारको मन्त्रीपरिषदले गरेको निर्णयसमेत परराष्ट्र मन्त्रालयले नटेरेको पाइएको छ । गत भदौ ३१ गते सरकारले अस्थायी, ज्यालादारी तथा करारामा कार्यरत सबै कर्मचारीहरुलाई साउन, भदौ र असोजसम्म सेवामा निरन्तरता दिने, असोजपछि आवश्यक नभएकाहरुलाई थप तीन महिनाको तलव दिइ विदाइ गर्ने निर्णय गरेको थियो । तर यो निर्णय उल्लङ्घन गर्दै रामचन्द्र पौडेलकि भाइ बुझारी समेत रहेकी बन्धु पौडेलको जागिर परराष्ट्र मन्त्रालयले खोसेको छ । 
बन्धुलाई असोजसम्म जागिर पनि दिइएन भने थप तीन महिनाको तलब पनि दिइएन । साउन महिनादेखि एक रूपैयाँ समेत नदिइ उनलाई परराष्ट्रले विदाइ गर्ने काम गरेको छ । अचम्मलाग्दो कुरा त के छ भने उनले ६ वर्षसम्म काम गरेको राहदानी विभागमा अहिले उनलाई प्रवेश गर्न समेत दिइएको छैन।बन्धु करिव ६ वर्षदेखि पराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागमा कम्प्यटुर अप्रेटरमा करारमा कार्यरत थिइन्। चितवन घर भएकी बन्धु रामचन्द्रकी भाइ बुहारी हुन् । 
यसो त जागिरी खोसिएपछि केही दिन उनी सिहंदरबार गइ आन्दोलनमासमेत सहभागी भएकी थिइन् । तर उनको कुरा कसैले पनि सुनेन । उनले आफ्नो जागिर नाखोसीदिना परराष्ट्र मन्त्रीलाईसमेत भेटी अनुरोध गरेकी थिइन् भने नेता पौडेलले स्वयंले यस विषयमा तत्कालीन पराष्ट्र सचिवलाई टेलीफोन गरी बन्धुलाई करारमा निरन्तरता दिन आग्रह गरेका थिए । तर परराष्ट्र मन्त्रीले यो कुरामा चासो दिएनन् र अन्तमा उनको जागिर खोसिएरे छाड्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: