
उहाँले मन्त्रालय भित्रकै बजेट रकमान्तर गरेर खर्च गर्ने व्यवस्था गरिएकाले सोही अनुसार बजेट व्यवस्थापन गर्न पनि सबै मन्त्रालयलाई आग्रह गर्नु भयो । बुधबार मन्त्रालयको पहिलो चौमासिक बजेट समिक्षा बैठक पछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कानुन, कार्यविधि, लेखाविधिले रकमान्तर गरेर हरेक मन्त्रालयलाई खर्च गर्ने व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।
अर्थमन्त्री खतिवडाले बजेट प्रणाली भित्र नरहेका कुनै पनि आयोजनालाई बजेटको व्यवस्था नगर्ने पनि बताउनु भयो । उहाँले अर्को चौमासिक भित्र बजेट अनुशासन पूर्ण पालना गराउन सरकार सक्षम हुने दावी समेत गर्नु भयो ।