×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरीमा ‘लुट’को अपार सफलतापछि कालिञ्चोक केबलकारमा पनि ‘लुट’ ! ठगिन थाले सर्वसाधारण

PRIME CA

चन्द्रागिरीमा ‘लुट’को अपार सफलतापछि कालिञ्चोक केबलकारमा पनि ‘लुट’ ! ठगिन थाले सर्वसाधारण

१९ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ नजिकै केवलकार खुलेपछी लुट्न सम्म लुटेर अहिले केहि सुध्रीएको चन्द्रागिरी हिल्स लिमिटेडले गरेको लुटकै झझल्को दिनेगरी कालिञ्चोक केबलकारले पनि जनता लुट्न थालेको छ । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक पुग्न छोटो दूरीको केबलकार सञ्चालन आउँदा केवलकार कम्पनीले लिने गरेको भाडाबाट नै जनता लुटिन थालेका हुन् । 
नियमन नहुँदा समस्या, चन्द्रागिरीभन्दा महँगो कालिन्चोक केवलकार !
सामान्यतया दुरीको हिसाव गरेर भाडादर कायम हुनुपर्ने हो । तर केवलकारको भदादर तोक्ने निकाय नहुँदा गलत गर्नेहरुको राज चलिरहेको छ । कालिञ्चोक केवलकारको भन्दा तीन गुणा बढी दूरी भएको मनकामना र चन्द्रागिरी केबलकारको भाडा हेर्ने हो भने कालिञ्चोक केवलकार निकै महँगो देखिन्छ । मनकामना र चन्द्रागिरी दुवैको भाडादर ७ सय रुपैयाँ हाराहारीमा छ । तर कालिञ्चोकको केवलकारको दुरी निकै कम हुँदा पनि भाडा भने निकै महँगो छ ।
अग्रज पत्रकारको एउटा टिप्पणी :
यसैबीचमा केबलकारले दुईतर्फी भाडा ५ सय निर्धारण गरेसँगै दोलखाका अग्रज पत्रकार भोजराज न्यौपानेले यसलाई लुटतन्त्रको परकाष्ठा भन्दै फेसबुकमा एउटा टिप्पणी लेखेका छन् । ‘कालिञ्चोकमा केबलकार : चार मिनेटको दूरी, पाँच सय रुपैयाँ भाडा निर्धारण । योभन्दा लुटको पराकाष्ठा केही हुन्छ ? केबलकारको भाडा निर्धारण कसरी भएको छ ? यसको मापदण्ड के हो ? नागरिकको सुरक्षा प्रबन्धमा सरकारले के काम गरेको छ ? सार्वजनिक गरोस् ! लुटतन्त्रबाट देशलाई जोगाउँ ।’ उनले लेखेका छन् । यो त टिप्पणीको एउटा उदाहरणमात्र हो । यसरी कालिञ्चोक पुगेकाहरु अधिकांसले पाइलैपिच्छे आफुहरु ठगिने गरेको बताएका छन् । 
राजनीतिक संरक्षणप्राप्त व्यक्तिहरुको लगानी रहेको कालिञ्चोक केबलकारले भने विरोध गर्नुपर्ने राजनीतिक पार्टीका नेताहरुको मुखमा बुझो लगाइसकेकाले भाडा घटाउने पहल नहुने जानकारहरु बताईरहेका छन् । करिव ४५ करोडको लगानीमा निर्माण भएको यो केवलकार गत शनिबारदेखि सञ्चालनमा आएको हो । 
यस्ता छन् केवलकारका सकारात्मक पक्ष, तर हिंडेरै जाँदा मज्जा !
यसो त निर्माणका ताकादेखिनै केहि न केहि विवादमा आइरहेको कम्पनीले हिड्ने नसकेर कालिन्चोक मन्दिरसम्म पुग्न नसक्नेहरुलाई भने सुविधा दिएको छ । विशेषगरी हिड्दा लेक लाग्ने समस्या भएकाहरु हिड्नकै गाह्रोले माथिसम्म पुग्न सकेका थिएनन् । हाल गाडीबाट ओर्लेर ३० मिनेट सामान्य हिँडाइमा पनि गन्तव्यमा पुग्न सकिन्छ । ढिलो हिड्दा पनि ४५ मिनेटदेखि ५० मिनेटको समयमा माथि पुग्न सकिन्छ । सामान्य हिड्न सक्नेहरुलाई हिडाईमै मज्जा हुने स्थानीय र पर्यटकहरु बताउँछन् । धेरै पर्यटक ट्रेकिङका लागि भन्दै पनि कालिन्चोक जाने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: