Skip to content
LAXMI SUNRISE BANK

ललितपुर महानगरपालिकाले मुख्य–मुख्य सडकमा सिसीटिभी राख्ने, मेयर भन्छन्, ‘गतिलो ठेकेदार पाइएन’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर भित्रको मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भईरहेको जानकारी दिनु भएको हो । १३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पु¥याउन महानगरपालिकाले सिसीटिभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । मेयर महर्जनले सिसीटिभी क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भईरहेको पनि बताउनु भयो ।
मेयर महर्जनले ट्राफिक लाईट व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको पनि स्मरण गराउनु भयो । राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाईट व्यवस्थापनको कामले गति लिन नसकेको उहाँको भनाई थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK