×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेटलाइफसँग सम्झौता गर्दै नबिलले ल्यायो १३ घातक रोगहरुको उपचार वीमा योजना (फोटो फिचरसहित)

PRIME CA

मेटलाइफसँग सम्झौता गर्दै नबिलले ल्यायो १३ घातक रोगहरुको उपचार वीमा योजना (फोटो फिचरसहित)

९ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ- नबिल बैंकले व्यक्तिगत बचत खाताका ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै मेटलाईफ वीमा कम्पनीसँगको सहकार्यमा रु ३,००,००० को घातक रोग बीमा तथा रु ७५,००० रुपैयाँको मृत्यु- लाभ वीमा गरिदिने योजना ल्याएको छ । यो योजना मंसिर ९ गते देखि लागू हुनेगरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि जेनेरल मेनेजर श्री रमेश प्रसाद लोहनी र मेटलाईफ वीमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत श्री राम कुमार यादवबीच सम्झौता भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मेटलाईफ वीमा कम्पनीका महाप्रबन्धक निर्मल काजी श्रेष्ठज्यु तथा दुवै संस्थाको उच्च व्यवस्थापन कर्मचारीहरुको उपस्थीतीमा आज यस योजनाको शुभारम्भ भएको घोषणा गरिएको छ ।
बैंकले दैनिक मौज्दात रु. २५,००० वा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्दतीका व्यक्तिगत बचत खातावालाहरुलाई ः१३ वटा घातक रोगहरुको उपचारार्थ रु ३००,००० को बीमा गर्ने भएको छ । उक्त १३ वटामध्ये कुनै पनि घातक रोग लागेको निवेदन उपर निदान सहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा रु ३००,००० को वीमा रकम तत्काल भुक्तानी हुने यो योजनाको प्रमुख विसेषता छ । साथै बचतकर्ताको अन्य कारणले निधन भएमा रु ७५,०००को वीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ । तसर्थ घातक रोग लागेर निधन भएमा जम्मा वीमा रकम रु. ३७५,००० को सुरक्षा हुनेछ ।
बैंकले यस योजना अन्तर्गत मसिर ८ गतेका दिन रु. २५,००० वा वढि मौज्दात रहेका आफ्ना सम्पूर्ण योग्य व्यक्तिगत बचत खाता ग्राहकवर्गको वीमा गरिसकेको छ । यो योजनामा सामेल भईरहन बचतकर्ताले रु. २५,००० वा वढि मौज्दात कुनै पनि नेपाली महिनाको शुरुवातदेखि मसान्तसम्म कायम राख्नु पर्नेछ । साथै रु. २५,००० वा वढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सो महिनाको मसान्तसम्म उक्त मौज्दात कायम राखी योजनामा सामिल हुन सक्नेछ । यस्ता ग्राहकहरुको हकमा घातक रोग वीमा र मृत्यु लाभ वीमा यो योजनामा सामिल भएको मितिबाट लागु हुनेछ । 
यो योजना लागु भए पश्चात नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, व्यक्तिगत बचत खाता खोली रु २५,००० वा बढिको मौज्दात कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ । यसरी नयाँ व्यक्तिगत बचत खाता खोल्ने नयाँ ग्राहकहरुको हकमा उल्ल्खिित १३ वटा घातक रोगहरु खाता खोल्दाको समयमा लागी सकेको अवस्था भएमा यो योजनामा सामिल गरिने छैन । खाता खोलेको अर्को महिनादेखि कुनै पनि महिनाको शुरुवात देखी मसान्त सम्म रु २५,००० वा बढि मौज्दात कायम राखी यो सुबिधा उपभोग गरी रहन सकिनेछ । यस्ता नयाँ ग्राहकहरुको हकमा मृत्यू लाभ वीमा खाता खोलेकै मितिबाट लागु हुनेछ र घातक रोगको वीमाको लागी यो योजनामा सामेल भए पश्चात ३० दिनको अवधि समाप्त भएपछि लागु हुनेछ ।
यस योजनामा सामिल हुन व्यक्तिगत बचत खाता ग्राहकहरुको उमेर योजनामा सामिल हुंदाको समयमा १६ वर्ष पूरा भई ६५ वर्ष नपुगेकोे हुनु पर्नेछ । ग्राहक स्वयंले यस्तो वीमा गर्नु पर्दा बढि प्रिमियम भुक्तानी गर्न पर्ने हुन्छ तर बैंकको यस योजनामा सामिल हुंदा वीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।
‘आजभोलि क्यान्सर, लिभर खराबि, ह्दयघात जस्ता घातक रोगहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेको एवं उपचार अत्यन्त महंगो रहेको अवस्थामा जो कोहीलाई पनि यस्ता घातक रोगहरु लाग्न सक्ने हुंदा बैंकले दुरभाग्यवश आफ्ना कुनै बचतकर्ताहरुलाई यस्ता जटिल रोगहरु लागेको अवस्थामा सो रोगको उपचारार्थ हुन जाने अमूल्य बचतको खर्चमा केही सहयोग पुर्याउन आफ्ना ग्राहक महानुभावहरुको हितका लागी रु.३००,०००को घातक रोग वीमा योजना तथा रु. ७५,००० मृत्यू लाभ वीमा सुविधा ल्याउन पाउंदा हामीलाई अत्यन्त खुशी लागेको छ ।’ योजना सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका सीइओ अनिल केशरी शाहले भने ।योजना सम्बन्धि विस्तृत जानकारी बैंकको वेभसाइट वा शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
१३ रोगहरु यसप्रकार छन् :
  • Major
    Cancers, 
  • Strokes, 
  • First Heart Attack, 
  • Serious Coronary Artery Disease, 
  • Heart
    Valve Surgery, 
  • Primary Pulmonary Hypertension, 
  • End-Stage Lung Disease, 
  • End-Stage Liver Failure, 
  • Fulminant, 
  • Hepatitis, 
  • Kidney Failure, 
  • Coma, 
  • Aplastic
    Anaemia 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: