×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिर चाहियो कि जागिर खाने मान्छे चाहियो ? दुवै कामका लागि ‘श्रीयोग’ बन्न सक्छ उत्तम विकल्प !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जागिर चाहियो कि जागिर खाने मान्छे चाहियो ? दुवै कामका लागि ‘श्रीयोग’ बन्न सक्छ उत्तम विकल्प !

२७ कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

सूचना र प्रविधिको युगमा यसका माध्यमबाट धेरै अवसरहरु पाइन्छ ती अवसर आफ्ना र अरुका लागि पनि उपयोगी हुन्छन्। त्यस्तै अवसरहरुलाई संयोजन गरेर सानादेखी ठूलासम्म रोजगारीका अवसर र रोजगारदाताको सुविधाको लागि पूल बनी रहेको छ विरानगरबाट सन्चालित एउटा वेबसाइट छ। जसको नाम हो श्रीयोग डट कम। ( www.sriyog.com)

के हो श्रीयोग डट कम ?
बेरोजगारीको समस्या दिन प्रतिदिन बढी रहेको छ । सँगै काम पनि बढी रहेको छ तर एउटा प्लम्बर खोज्नु प-यो भने २/३ दिन लाग्न सक्छ । कहाँ खोज्ने ? कसलाई सोध्ने ? भन्ने विभिन्न समस्या छन् । साथै प्लम्बिङको तालिम लिएको प्राविधिकले काम नभेटेर खाली बस्नुपरेको पनि छ। यहाँ सिप भएको ब्यक्ती र काम गराउन खोज्ने व्यक्ति बीचको दुरी घटाउने माध्यम अर्थात सम्पर्क माध्यमको आवश्यकता छ । त्यही माध्यम बन्न थालेको वेबसाइट हो श्रीयोग डट कम । बिराटनगरमा २०६४ सालदेखि सूचना प्रविधि सम्वन्धी विभिन्न सेवा प्रदान गर्दै आएको प्रकाश इन्फोशिसले सन्चालन गरेको हो ‘श्रीयोग डट कम ’
कसरी काम गर्छ यसले ?
बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सीप तथा अनुभवलाई उचित प्रयोगमा ल्याई उनीहरुको लागि आम्दानीको बाटो सिर्जना गर्नु श्रीयोग डट कमकोे प्रमुख उद्देश्य रहेको श्रीयोगका परिकल्पनाकार तथा सन्चालक प्रकाश उप्रेती बताउँछन् । 
सको लागि त्यस अनलाइनमा विभिन्न ७८ ओटा पेशाहरु तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्र्पक नम्बर तथा ठेगाना, समूह अनुसार राखी पार्ट टाइम वा पूmल टाइम कामको सम्पर्क गराइदिने गरेको छ । यसको प्रभावकारिताको लागि श्रीयोग डट कम बारे हरेक सर्वसाधारण समक्ष जानकारी विभिन्न माध्यमहरुबाट दिइरहेको छ । फुर्सदको समयलाई राम्रो कुरामा ब्यतित गर्दा समयको सदुपयोग साथै पैसा पनि कमाइ हुने हुन्छ । ‘हाम्रो यो सानो प्रयासले देशमा विद्यमान वेरोजगारी समस्यालाई धेरै हदसम्म कम गर्ने भएकाले यो कार्य सामाजिक सेवाकै एक पहल हो ।’ सन्चालक उप्रेती भन्छन् । 
घरको भनौं वा अफिसको काम होस, काम गर्ने मान्छे नभएर दिनौं पर्खिनु पर्ने बाध्यता सबैको रहेको हामीले मध्यनजर गर्दै आयौं, काम सानो हुँदैन अनि गर्ने मान्छे पनि सानो हुँदैन भन्ने सबैलाई जानकारी भएको कुरा पनि हो, यही कुरा सम्झेर नै हामीले अनलाइनको माध्यमबाट पार्टटाइम काम गर्ने मान्छे खोजी दियोस् भन्ने सबैलाई लाग्छ नै ।
यस अनलाइनले पार्टटाइम काम गर्ने वा भनौ केही न केही सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ सो लिस्ट अन्तर्गत आफूलाई चाहिएको व्यक्तिलाई फोनमा संपर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिनेछ । मानिसको दैनिक जीवनमा अत्यावश्यक काम गर्ने सिपालु व्यक्तिहरू र काम गराउने व्यक्तिहरूलाई भेट गराउने यो हाम्रो सानो प्रयास हो । आउने दिनमा बेरोजगारीको समस्या यसले हल गर्ने छ भन्ने विश्वासका साथ हामी अगाडि बढ्दै छौं ।
श्रीयोग डट कम पूर्ण रुपमा पार्ट टाइम काम गर्ने एउटा प्लेटफर्म हो जुन नयाँ कन्सेप्टको आधारमा बनाइएको छ । यसमा विभिन्न ७८ समूहमा स्थान अनुसार काम गर्ने, या भनौ सेवा दिने व्यक्तिहरुको सानो विवरण राखिन्छ । जसले त्यस्तो काम गर्ने या भनौ सेवा दिने व्यक्तिहरुलाई खोजि रहेका छन् त्यस्तो कामदार खोज्ने व्यक्ति र काम लगाउने व्यक्तिलाई वेबसाइट, मोबाइल एप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम गरिन्छ ।
किन श्रीयोग डट कम ?
जो सँग पनि केही न केही सीप अवश्य नै हुन्छ, नभएको खन्डमा सीप पहिचान गर्नुपर्छ वा सम्बन्धित ठाउँबाट सीप विकासको तालिम लिनु पर्छ । हरेक कुरा गुगलमा भेटिदैन, न फेसबुकमा न लिन्कडिनमा वा अरु कुनै ठाउँमा, सानो भन्दासानो कामले पनि रोजगारीको अवसर प्रदान गर्छ अनि त्यो रोजगारीले आम्दानीको स्रोत साथै काममा अझै दक्ष बनाउछ । 
यसले कसरी काम गर्छ ?
सन्चालक उप्रेती भन्छन् थोरै शब्दमा भन्ने हो भने, काम खोज्ने र काम गर्ने मान्छेलाई सजिलैसँग जोडिदिने गर्छ । बिराटनगरमा रहेका रामजी (काल्पनिक नाम) प्लम्बिङको काम गर्नु हुन्छ । अनि बिराटनगरमा नै घर भएको श्याम बस्नेत (काल्पनिक नाम) को घरमा प्लम्बर चहिएको हुन्छ, त्यो बेला कहाँ कसरी खोज्ने, अनि कुन प्लम्बर कस्तो लेभल को हो, के कस्तो रिभ्यु छ, थाहा पाउन मुस्किल हुन्छ । हामी हाम्रो वेबसाइट, मोबाइल एप्समा प्लम्बरहरु जस्तै हाम्रो दैनिक जीवनमा काम लाग्ने प्रायः सबै दक्ष जनशक्तिहरुको नेपाल भरिको बिवरण राख्छांै।
पी.एच.डी. पास गरेकोलाई एउटा जागिर, पोस्ट ग्रयाजुएटको लागि ५ ओटा, ब्याचलरको लागि २० ओटा छ भने त्यस्ता व्यक्तिहरु जो प्लाम्बिंग, इलेक्ट्रिसियन हुनुहुन्छ उहाँहरुलाई ५० ओटासम्म पार्टटाइम काम हुन्छ । एउटी महिला जसलाई बच्चा हेर्न, घर सफा गर्न, खाना पकाउन, कपडा धुन, करेसाबारीको काम गर्न आउँछ, पढाइ होस् या नहोस , उनको लागि थुप्रै मौका हुन्छन तर पनि उनी खाली बस्नु परेको हुन्छ । अर्को पक्षमा हेर्ने हो भने, एउटा दम्पती जसको सानो बच्चा हुन्छ, घरमा कोही हुदैन, त्यस्तो बेलामा त्यो दम्पतीलाई एम.बि.ए, बि.बि.ए. भन्दापनि एउटा यस्तो व्यक्तिको खाँचो हुन्छ जसले उनीहरुको बच्चालाई आँफू नभएको बेलामा राम्रो संग हेरचाह गरोस् ।
अनि त्यो दम्पतिले खोजेको व्यक्ति सजिलै पाउन गाह्रो हुन्छ भने लाखको भिडमा १० जना बच्चा स्यार्हानेलाई कसरी खोज्ने ? एकजना मान्छेलाई एउटा माछा दियो भने एकदिन खान्छ, तर त्यही मान्छेलाई माछा मार्न सिकाइदियो भने जिन्दगीभरि आफै खान्छ भन्ने चाइनिज उखान छ । त्यसैले सबैले काम गर्नु पर्छ भन्ने मात्र नभई, काम गर्न नसक्ने, तर काम लगाउन सक्ने व्यक्तिहरु मोबिलाइजर (परिचालक) वा टिम लिडर भएर अरुलाई काम लगाउन सक्ने बन्न सक्नेछन् ।
श्रीयोग डट कम किन र कस्का लागि ?
  • काम गराउन चाहनेहरु जो सही काम गर्ने जनशक्ति प्राप्त गर्न असमर्थ हुन्छन्, उनीहरुलाई उनीहरुको चाहना बमोजिम जनशक्तिहरुको विकल्प उपलब्ध गराउने, 
  • रोजगार नभएको व्यक्तिहरुलाई सीप मुलक तालिमहरु उपलब्ध गराई रोजगारीका अवसर तथा दक्ष्य जनशक्ति बृद्धी गर्ने, 
  • स्थान बिशेषलाई मध्यनजर गरी नजिक “नियरेस्ट लोकेसन” (छेउमा भएको) मा रहेको जनशक्तिको विवरण सम्प्रेषण गर्ने, 
  • ठूला तथा अन्य रोजगार दाताहरुलाई जनशक्ति अभाव भएको अवस्थामा जनशक्ति उपलब्ध गराउने, 
  • जनशक्तिलाई अनुभब तथा सीपको उचित मूल्यांकन गराई लेभल १,२,३ अनुसार सुचिकृत गर्ने,
  • पार्ट टाइम (आंशिक रुपमा) काम गर्ने जनशक्तिहरुलाई समूह अनुसार देखाउने र काम खोज्ने व्यक्ति तथा काम लगाउने व्यक्तिहलाई वेबसाइट, मोबाईल याप्स , सोसियल मिडियामा साथै अन्य : कुनै पनि प्रिन्ट वा विद्युतीय संचार माध्यामबाट सूचना लिने या दिने,
  • अनलाइन मार्फत कामदारहरुको नम्बर वेबसाइट, मोबाइल याप्स र सोसियल मिडियामा लिस्टिंग गर्ने, 
  • एस.एम.एस. मार्फत कामदारहरुको नम्बर वेबसाइट, मोबाईल याप्स र सोसियल मिडियामा लिस्टिंग गर्ने र कामको जानकारी दिने, 
  • कल सेन्टरको स्थापना गरी अवसर सम्बन्धी जानकारी लिने या दिने,
  • स्थान बिशेष वेबसाइट र मोबाईल याप्समा रजिस्टर भएका व्यक्तिहरुलाई लिस्टिंग गर्ने
क्रियाकलापहरू :
यसले सबैलाई पैसा कमाउने मौका दिदैछ, कुनै पनि सीपलाई पैसा आउने माध्यम श्रीयोग डट कमले बनाउदै छ, सीप होस या केहि ज्ञान होस, यसले सबैलाई मौका दिइरहेकोछ ।
सबैका लागि काम भन्ने मूल नाराले काम मात्र दिने नभई कामदारलाई उद्यमी पनि बनाउने छ । 
बाच्नको लागि कसै न कसैको सहयोग चाहिन्छ , भान्सादेखि ओछ्यानसम्म, बिहान खाजा बनाउनेदेखि बेलुका खाना बनाउने सम्म, पुरी पकाउनेदेखि पिज्जा बनाउने सम्म, बिजुली मर्मत गर्ने देखि ग्यास स्टोभ मर्मत गर्ने सम्म ।
समस्या :
नेपालमा सीप सिक्ने थुप्रै ठाउँहरु छन र यसले थुप्रै दक्ष जनशक्ति उत्पादन गरी पनि रहेको छ । आँकडा अनुसार बर्षेनी ५ लाख १२ हजार जति युवा श्रम बजारमा प्रवेश गर्छन तर ती मेध्ये थुप्रै अझै बेरोजगार कै सूचीमा छन कि विदेशी भूमिमा आफ्नो रगत र पसिना बेच्नको लागि तयार हुदैछन् वा के गर्ने भनेर अलमल्ल छन । 
हाम्रो देशको जम्मा जनसङख्याको ६० प्रतिशत ४० बर्ष मुनिका छन् अनि २० प्रतिशत १५ देखि ३० वर्ष बिचका छन्, रोजगारको लागि तयार भएका ५ लाख व्यक्तिहरु मध्ये १० प्रतिशतले मात्र रोजगार पाउँछन, केन्द्रीय तथ्याङक विभागको पछिल्लो आँकडा अनुसार दैनिक १३०० देखि १५०० हाराहारीमा नेपालीहरु रोजगारको लागि विदेशिने गर्दछन् । 
विश्व बैंकको हालसालैको आंकडा अनुसार कामकाजी जनसंङख्या जसको मापदण्ड १५ वर्ष देखि ६४ बर्ष तोकिएको छ त्यस मध्ये ३२ प्रतिशत कि त बेरोजगार छन वा स्वेच्छाले निष्क्रिय छन् । बेरोजगार र निष्क्रिय भएकाहरुको लागि २८६,९०० रोजगारको खाँचो रहेको छ । नेपालमै विदेशको तुलनामा आधामात्र पनि आम्दानी वा तलव हुने भयो भने आधि नेपाली स्वदेश फर्किने थिए वा उद्यमशीलताको बाटो देखाउन सकेको खण्डमा स्वदेशमा नै रहेर केही गर्न सक्ने थिए ।
श्रीयोगका सेवाग्राही
भर्खरै जन्मेको बच्चा देखि लिएर ९९ वर्षको बृद्घले समेत श्रीयोग डट कमबाट सुविधा लिन सक्छन् । बच्चाको लागि सञ्जु दिदी (काल्पनिक नाम) लाई बच्चा हेर्ने काम दिन सक्छौ भने ९९ बर्षको बृद्घको लागि केयर टेकर दिन सक्छौ ।
बजारको अवस्था
श्रीयोग डट कम प्रति सबैको बढ्दो आकर्षण छ । काम गर्ने मान्छेहरुको मुहारमा खुसी दिएको छ भने कामदार खोज्ने मान्छेलाई एउटा सरल माध्यम दिएको छ । ‘२४ घण्टाको समय अवधिमा हामीले २५८७ जना व्यक्तिहरुको विवरण गुगल फर्मको माध्यमबाट डाटा लिन सफल भएको थियौ । जसको विवरण हामीसँग छ ।’ उप्रेती भन्छन् । उनका अनुसार एकजना व्यक्तिले कम्तिमा पनि ३ समूहको लागि आफ्नो विवरण भरेका थिए । यो कुरालाई हेर्दा आंशिक रुपमा बेरोजगारीको समस्यालाई समाधान गर्न सकिन्छ । 
सबैलाई एक्स्ट्रा (अतिरिक्त) पैसा कमाउन मन लाग्छ । त्यसैले संयुक्त राज्य अमेरीका जस्तो धनाढ्य मुलुकमा पनि उबर कार चलाई फुर्सदको समयमा पैसा कमाउने थुप्रै निस्किए । सन् २०१७ को डाटा अनुसार उबर ८३ देशका ६ सय ७४ सहरमा चलिरहेको छ जस्मा १४ प्रतिशत महिला चालक छन । श्रीयोग डट कमले ड्राइभर मात्र नभई अरु ७७ ओटा समूहमा काम गर्ने अवसर जुटाइ दिन्छ ।
श्रीयोगले के समस्या समाधान गर्दैछ ?
श्रीयोगले पीडा, आँसु र सञ्जु दिदी (काल्पनिक नाम) जस्ता हजारौको समस्या समाधान गर्दैछ र आगामी दिनमा यो हजारांैको संख्यालाई लाखौंमा समाधान गर्ने लक्ष्य राखेको उप्रेती बताउँछन् ।
लक्ष :
उप्रेतीका अनुसार त्यो व्यक्ति तथा बर्गलाई परिधि भित्र संलग्न गर्ने जो सीप भएर बेरोजगार छ । जो विदेशी भूमिमा रगत र पसिना बगाइरहेको छ । जो जिन्दगीमा केहि गर्न चाहन्छ । जो आफ्नो सीप र अनुभवलाई बढाई आफ्नो जीवनस्तर उकास्न चाहन्छ र समाजको लागि केही गर्न खोज्छ ।
भावी योजनाहरु :
उनीभन्छन् आगामी दिनमा अफ्लाइन सिस्टममा पनि काम गर्ने हाम्रा योजना छन । जस्तै श्याम बस्नेत (काल्पनिक नाम) सँग स्मार्ट फोन, ल्यापटप, इन्टरनेट छैन भने पनि उहाँले हाम्रो टोल फ्री नम्बरमा कल गरेर उहाँले नजिकको प्लम्बर पाउन सक्नु हुन्छ। 
जियोलोकेसन सिस्टम (भौगोलिक स्थान) लाई आधार राखेर नजिकमा भएको दक्ष्य जनशक्तिलाई पहिचान गराइ फुर्सद वा ब्यस्त भएको जनशक्तिलाई मोबाइल याप्सबाट कनेक्ट गराउने लक्ष्य रहेको छ।
काम गर्ने मान्छेको विवरण राख्ने, काम गरेको फिडब्यक दिने, कसले कस्तो काम गर्ने हो त्यो कुराको पहिचान गरेर त्यसको डाटा राख्ने साथै छोटो समय अथवा पार्टटाइम कामहरुको थप सिर्जना गर्ने ।
कसको लागि ?
हरेक सीपलाई आर्जनको स्रोत बनाउन सकिन्छ । जस्तै दुना टपरी गाँस्ने, बात्ती कात्ने, बिवाह, ब्रतबन्ध, पूजा, उत्सव, सप्ताह आदिमा खाना पकाउने, सुत्केरी स्याहार्ने, घर वा अफिसमा राउटर सेटअप गर्ने, डेरा सारिदिने, ल्यापटप बनाउने, कम्प्युटर सिकाउने, फेसवुक, स्काईप, इन्टरनेट चलाउन सिकाउने, खसी काट्ने, बच्चा हेरिदिने, सेलरोटी पकाइदिने आदि सीपहरुलाई आम्दनीको स्रोत बनाउन सकिन्छ । आफ्नो सीपको सही पहिचान गरी वा आफूलाई मन पर्ने कामको सीपमुलक तालिम लिएर आफ्नो विवरण दर्ता गरी सजिलै काम पाउन सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: