Skip to content
LAXMI SUNRISE BANK

सेयरको भाउ बढ्न थालेपछि आत्तियो गरिमा, कार्वाहीको डरले बिज्ञप्ति निकाल्दै भन्यो, ‘मर्जरको हल्ला निराधार’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गरिमा बिकास बैंकले एक बिज्ञप्ति जारी गर्दै गरिमा बिकास बैंक लिमिटेड कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियामा नरहेको दावी गरेको छ । अर्थ सरोकार डटकमले गत बिहिबार प्रकाशन गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै बैंकले मर्जरको हल्ला निराधार भएको दावीसमेत गरेको छ । रमाइलो कुरा त के छ भने बैंकले शनिबारको दिन राखेर बिज्ञप्ति निकालेको छ । जवकी शनिबार बैंक बन्द हुन्छ । र बैंकले निकै चलाखीपूर्ण ढंगले आइतबारको सेयर कारोबार बन्द भएपछि मात्र बिज्ञप्ति सार्वजनिक गरेको छ ।  बैंकले निकालेको बिज्ञप्ति :
‘कारवाहीको डरले बिज्ञप्ति जारी, मिडियालाई दोष देखाएर उम्किने प्रयास !
‘गरिमा बिकास बैंकका उच्च अधिकारीहरुलाई मर्जरको सूचना कसरी मिडियासम्म पुग्यो ?’ भन्ने प्रश्न नेप्से र धितोपत्र बोर्डबाट आएपछि कारवाही हुने डरले हत्तपत्त बिज्ञप्ति निकालेको थियो । बैंकका सीइओले कुन-कुन मिडियामा यस्तो जानकारी पुग्यो भन्ने सोधनी गर्दा बैंकका कम्पनी सचिवले अर्थ सरोकारको नाम लिएपछि बैंकले यस्तो बिज्ञप्ति जारी गरेको थियो । यसो त अर्थ सरोकारले समाचार प्रकाशन गर्नुपूर्व नै गरिमाको सेयरको भाउ केहि दिन अगाडीदेखि बढ्न थालेको थियो । यसको अर्थ पनि गरिमाको यो सूचना यसअघि नै चुहिएर बजारमा यो सूचना पाउनेले सेयर उठाईरहेका थिए भन्ने बुझ्न गाह्रो छैन ।

एक्कासी सेयरको भाउ बढेपछि हामीले यस विषयमा खोजीनिधि गरेका थियौं ।   खोजी गर्दै जाँदा गरिमा बिकास बैंककै एक संचालकलाई उधृत गर्दै गरिमा मर्जरको प्रक्रियामा अगाडी बढेको र स्वाप रेसियोसमेत फाइनल भएको र धेरैले गरिमाको सेयर किन्न थालेको गरिमा निकट स्रोतले बताएको थियो । बुझ्दै जाँदा एनएमबि बैंकका केहि अधिकारी र गरिमाका केहि अधिकारी बसेर यस विषयमा छलफल गरेको र केहि दिनमा औपचारिक सम्झौता गरिने तयारी गरेको थाहा पाएपछी अर्थ सरोकारले छोटो जानकारीमुलक समाचार हालेको थियो । यसो त यो समाचार अर्थ सरोकारले ब्रेक गरेको भने होइन । यो जानकारी अर्थ सरोकारमा आउनुपूर्व सेयर बजारमा निकै अब्बल मानिएका केहि  विश्वाशिला पत्रकारहरुले आफ्नो फेसबुकमै सेयर गरिसकेका थिए भने सेयर बजारसम्बन्धि समाचारमा दखल राख्ने केहि अन्य संचारमाध्यमले पनि यो समाचार प्रकाशन गरिसकेका थिए । 

‘गलत हो भने त बिहिबारको समाचारको शुक्रबार नै खण्डन गर्न सकिन्थ्यो । आइतबार फर्ष्ट आवरमा गर्न सकिन्थ्यो । आइतबारको कारोबार सकीसकेपछी र चौतर्फी रुपमा सोधनी भएपछी समाचारको खण्डन भएको देख्दा सीइओ साप डराउनुभयो भन्ने देखियो । मर्जरका लागि छलफल भएकै हो । स्वाप रेसियोसमेतको मोटामोटी सहमति भएकै हो । बैंकका एक संचालकले थुप्रैलाई यो जानकारी गराएका छन् । बैंकको बिज्ञप्ति हेरेपछि अवको केहि समयचाहिं यो प्रक्रिया अगाडी नबढ्ने छाँटकाँट देखियो । तर छानविन नै गर्ने हो भने गरिमाबाट नै सूचना चुहिएको छ ।’ अर्थ सरोकारलाई समाचार उपलब्ध गराउने स्रोतले भन्यो ।

बरिष्ट पत्रकार दिनेश आचार्यले समेत यो विषय उठाएका थिए । उनले लेखेपछि त्यो गलत हुन्न भन्ने कुरा लामो समयदेखि प्रमाणितसमेत हुँदै आएको कुरा हो । सेयर बजार साप्ताहिकका सम्पादकसमेत रहेका उनी बजारको भित्री जानकारी राख्ने विश्वाशीला पत्रकार मानिन्छन्।   
सेयर बजारमा अर्को विश्वाशिलो अनलाइन पत्रिकाको रुपमा रहेको बिजशालाले पनि यो विषय उठाएको छ । 


गरिमा बिकास बैंक सम्बन्धि अर्थ सरोकारका तलका समाचार छुटाउनुभयो कि ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK