
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लाभांश दरमा फट्याई गरेको मञ्जुश्री फाइनान्सलाई कारवाहीका लागि नेप्सेले नियामक धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । कम्पनीले लाभांश दरमा नियोजित रुपमा परिमार्जन गरी संस्थागत रुपमै इन्साइडर ट्रेडिङ गरेको दाबीसहित नेप्सेले कम्पनीमाथि कारबाहीको माग गर्दै नियामक धितोपत्र बोर्डलाई पत्राचार गर्ने भएको हो । संस्थागत सुशासन सम्बन्धि यस्ता घटनाहरु दिनानुदिन बढ्न थालेपछि नेप्सेले यस्तो ‘एक्सन’ लिने भएको हो । मञ्जुश्री फाइनान्सलाई आवश्यक कारबाहीका लागि धितोपत्र बोर्डमा लिखित सिफारिस गर्न लागिएको नेप्सेको प्रवक्ता मुराहरि पराजुलीले पुष्टी गरे । उनले पत्र तयार भएको र केहि प्रक्रियागत काम सकेपछी बोर्डलाई पत्र पठाउँने तयारी भएको स्पष्ट पारे ।

यो नियमलाई टेकेर सूचीकरण नै स्थगन गर्नेबारे बहस सुरु :
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ मा धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सम्झौतामा उल्लिखित समयमा धितोपत्र बजारमा पेश नगर्नुलाई ‘गैरकानूनी’ भनिएको छ । मञ्जुश्री फाइनान्सले गरेजस्तै धितोपत्र बजारलाई गलत सूचना दिएमा वा पटक–पटक सूचना परिवर्तन गरेमा त्यो पनि ‘गैरकानूनी’ काम हुने आशय नियमावलीमा छ । यस्तो काम गर्ने सूचिकृत संगठित संस्थाको धितोपत्रको सूचिकरण स्थगन गर्न सकिने व्यवस्था पनि स्पष्ट रुपमा नियमावलीमा छ ।मञ्जुश्री फाइनान्सले २ पटक लाभांशको छुट्टाछुट्टै सूचना जारी गरेको थियो । जसका कारण उक्त कम्पनीको बजार मूल्यसमेत प्रभावित भएको थियो।
मञ्जुश्री फाइनान्सको लाभांश प्रकरणमा अर्थ सरोकारको फलोअप सिरिज
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्