
- अर्थ सरोकार संबाददाता
काठमाडौँ – लाभांस प्रस्तावमा लगानीकर्ताको भावनामाथि खेलबाड गर्ने मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले गरेको हर्कतले आफुहरु मारमा परेको भन्दै लगानीकर्ताहरुले व्यापक गुनासो पोखेपछि नेप्सेले सोधपुछका लागि भन्दै फाइनान्स कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । यस विषयमा अनसनमा बसेका सेयर लगानीकर्ताहरुलेसमेत आवाज उठाएका थिए । फाइनान्सले यसअघि घोषणा गरेको नगद लाभांश मंगलबार घटाएको थियो ।

कम्पनीकाे सञ्चालक समिति बैठकले यसअघि ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । तर बुधबार कम्पनीले अन्यथा भएको भन्दै २.९ प्रतिशतमा संसोधन हुने सूचना मंगलबार नेप्सेमा फेरि पठाएको थियो । यस विषयमा लगानीकर्ताहरुले चर्को विरोधको स्वर उठाएका थिए ।

फाइनान्सको ११औं बार्षिक साधारण सभामा चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको २.९ प्रतिशत मात्रै नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएपछी लगानीकर्ताहरुले कम्पनीको मनपरी हद भएको भन्दै कम्पनीलाई कारवाही गर्नुपर्ने माग राखेका थिए । फाइनान्सले पुस १६ गते थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
यता नेप्सेले भने कम्पनीलाई स्पष्टीकरण माग गरेको छ । कम्पनीको यो कदमका कारण लगानीकर्ता मारमा परेको र यस्तो क्रियाकलाप गलत भएको निष्कर्षसहित नेप्सेले कम्पनीलाई स्पष्टीकरण माग गरेको बताइएको छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्