Skip to content
LAXMI SUNRISE BANK

मेलम्चीको ठेकेदार भागेपछि मन्त्री मगरको स्पष्टिकरण, ‘बैंक ग्यारेन्टी जफत गर्छों, सरकारलाई घाटा छैन’ (भिडियो)

अर्थ सरोकार

खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सिएमसीले काम छोडेर भागेपनि सरकार आफैले बाँकी काम सरकार आफैले गर्न सक्ने बताएकी छिन् । प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा विहिबार खानेपानी मन्त्री मगरले सिएमसीको ठेकेदार काम छाडेर भागेपनि नेपाल सरकारलाई घाटा नलाग्ने दाबी गरेकी हुन् । 
निर्माण सम्पन्न नगरेको अवस्थामा निर्माण कम्पनी विरुद्ध सिंगापुरको उच्चअदालतमा लड्न सक्ने अधिकार सरकारसंग सुरक्षित रहेको पनि उनले उल्लेख गरिन् । सरकारले भुक्तानी दिने सम्बन्धमा भने निर्माण सम्पन्न तथा रोकिएको काम सुचारु गर्ने सम्बन्धमा केही शर्त राखेको उल्लेख गर्दै उनले ठेकेदार कम्पनीले १ अर्ब ६५ करोडको दाबी गरेपनि सरकारले अब ३४ करोड मात्रै भुक्तानी गर्न बाँकी रहेको भन्दै उहाँले काम छोडेर भागेपनि नेपाललाई घाटा नपर्ने दाबीसमेत गरिन् ।
मन्त्री मगरले आयोजनाको बाँकी कामहरु ठेकेदार कम्पनी स्वयमले नभई सहयोगी कम्पनी मार्फत भईरहेको र ती कम्पनी सरकारसंगको सिधा सम्पर्कमा रहेकाले बाकी काम तीनै सहयोगी कम्पनी मार्फत गर्न सकिने दाबी पनि गरिन् । काठमाण्डौबासीले मेलम्चीको पानी पर्खिरहेका बेला निर्माणको ठेक्का लिएको कम्पनी नै काम छोडेर भागेको खबर आएपछि समितिले त्यसबारे चासो राख्दै सम्बन्धीत मन्त्रीलाई छलफलमा बोलाएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK