- अर्थ सरोकार संबाददाता
काठमाण्डौ – केही दिनको लिगलीगे दौडपछि वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भद्र सहमति पुनः गरेका छन्। बैंकहरुबीच अब बचतमा ६.५%, मुद्धतीमा ९.२५% र संस्थागतलाई ८.५% मात्र ब्याज दिने गरी सहमति भएको हो । नेपाल बैंकर्स संघले आह्वान गरेको बैठकमा सहभागी २८ वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधिबीच यस्तो सहमति भएको हो ।