Skip to content
LAXMI SUNRISE BANK

समाचार प्रभाव : ढिलै भए पनि धितोपत्र बोर्डको चेत खुल्यो, सामूहिक लगानी कोष नियमावली नटेर्ने ४ संस्था कारवाहीमा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ । ढीला गरी भयेपनी धितोपत्र बोर्डले अर्थ सरोकारले उठाएको इश्यूमाथि संबोधन गरेको छ । सामूहिक लगानी कोष नियमावली विपरीत बैंकहरुको मुद्धती निक्षेपमा बढी पैसा राख्ने चार मर्चेन्ट बैंकलाई कारवाही गरेर बोर्डले यो इश्यूको संबोधन गरेको हो । बोर्डले एक बिज्ञप्ति जारी गर्दै पहिलोपटक यस्ता अटेरी संस्थाहरुलाई आर्थिक जरीवाना गरेको बताएको छ । 
सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) को खण्ड (ङ) को व्यवस्था विपरीत बैंकको मुद्धती निक्षेपमा लगानी गर्ने मर्चेन्ट बैंकरलाई कारबाही गरिएको बोर्डले बताएको छ । नियमावलीमा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दशप्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा तोकिएको छ ।
‘सिबिआइएल क्यापिटल लिमीटेड, एनआईसि एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट लिमीटेड र एनएमबि क्यापिटल लिमीटेडले संचालन गरेको कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरेको पाइएकोले धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उल्लंघनको स्तरको आधारमा बोर्डबाट पहिलो पटक आर्थिक जरीवाना गरिएको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केहि समय अगाडी यस विषयमा पहिलोपटक अर्थ सरोकार डटकमले इस्यू उठाएको थियो। 

सीबीआइएल क्यापिटल र सानिमा क्यापिटल ‘गैरकानुनी’ धन्दामा, कानुनको धज्जी उड्दा किन बोल्दैन धीतोपत्र बोर्ड ?

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK