
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । ढीला गरी भयेपनी धितोपत्र बोर्डले अर्थ सरोकारले उठाएको इश्यूमाथि संबोधन गरेको छ । सामूहिक लगानी कोष नियमावली विपरीत बैंकहरुको मुद्धती निक्षेपमा बढी पैसा राख्ने चार मर्चेन्ट बैंकलाई कारवाही गरेर बोर्डले यो इश्यूको संबोधन गरेको हो । बोर्डले एक बिज्ञप्ति जारी गर्दै पहिलोपटक यस्ता अटेरी संस्थाहरुलाई आर्थिक जरीवाना गरेको बताएको छ ।
सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) को खण्ड (ङ) को व्यवस्था विपरीत बैंकको मुद्धती निक्षेपमा लगानी गर्ने मर्चेन्ट बैंकरलाई कारबाही गरिएको बोर्डले बताएको छ । नियमावलीमा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दशप्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा तोकिएको छ ।
‘सिबिआइएल क्यापिटल लिमीटेड, एनआईसि एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट लिमीटेड र एनएमबि क्यापिटल लिमीटेडले संचालन गरेको कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरेको पाइएकोले धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उल्लंघनको स्तरको आधारमा बोर्डबाट पहिलो पटक आर्थिक जरीवाना गरिएको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केहि समय अगाडी यस विषयमा पहिलोपटक अर्थ सरोकार डटकमले इस्यू उठाएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्