
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पटक पटक विवादित भएर पछिल्लो समय त बदनाम नै हुने बाटोमा रहेको सिटिजन्स बैंकको स्वामित्व रहेको सीबीआइएल क्यापिटल र ग्राहकप्रति अनुत्तरदायी देखिएको सानीमा बैंकको स्वामित्व रहेको सानिमा क्यापिटलले कानुनको धज्जी उडाएर नियम विपरित काम गरेको खुलासा भएको छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को व्यवस्था विपरित यी दुइ कम्पनीले गैरकानुनी काम गरेको खुलासा भएको हो । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को (ङ) मा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्न सकिने व्यवस्था गरेको भएपनि यी दुइ कम्पनीले ल्याएका योजनाहरुले १० प्रतिशत भन्दा बढी हुने गरि बैंक निक्षेपमा लगानी गरेको पाइएपछी यी कम्पनीहरुको दादागिरी छताछुल्ल भएको हो।
नियम विपरित लगानी गर्दै म्युचुअल फण्ड, किन बोल्दैन नियामक ?
यसो यो सबै काम नियामकको मिलेमतोमा भएको बुझ्न गाह्रो छैन । ऐनमै स्पष्ट व्यवस्था हुँदा पनि सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को व्यवस्था नमान्ने म्युचुअल फन्डहरुलाई कारवाही भएको छैन । आरक्षण बापत पाएको ५ प्रतिशत शेयर, पुँजीगत लाभकरमा पूर्ण छुट लगायतका सेवा लिने तर नियमचाहिं नमान्नेहरुलाई नियामकले कारवाही नगर्दा यी कम्पनीहरुले ल्याएका सामुहिक लगानीमा मनपरी हुन थालेको छ।
सिटिजन बैंकको पूर्ण स्वामित्वमा रहेको सीबिआईएल क्यापिटलले संचालनमा ल्याएको सिटिजन म्युचुअल फन्ड-१ ले ८० करोड ६२ लाख रुपैयाँ बैंक निक्षेपमा लगानी गरेको रिपोर्ट उसैले सार्वजनिक गरेको छ । त्यस्तै १ अर्व ३० करोडको योजनाको आकार भएको सानिमा म्युचुअल फन्डले २० प्रतिशत रकम बैंक निक्षेपमा लगानी गरेको छ । यसरी सरासर ठाडो मनपरी गरेर यी कम्पनीहरुले सञ्चालनमा ल्याएका म्युचुअल फण्डहरुले धीतोपत्र बोर्डलाई ठाडो चुनौती दिंदा पनि नियामक निकाय भने मौन छ ।
सीबीआइएल क्यापिटलका सीइओको यस्तो गैरजिम्मेवार जवाफ, सानिमा क्यापिटल बोल्ने मान्दैन !
यस विषयमा हहमीले सीबिआइएल क्यापिटलका सीइओ समिर दाहालसँग बुझेका थियौं । उनले कतै नै कतै पैसा राख्नुपर्ने भएकाले बैंकमा पैसा राखेको गैरजिम्मेवार जवाफ दिएका छन् । ‘नियम भन्दापनि पैसा त कतै राख्नुपर्यो । हामीले बजार घटेका बेला सेयर उठाईरहेका छौं । त्यो त्यहि पैसा हो ।’ यता सानिमा क्यापिटल भने यस विषयमा बोल्न चाहेन । यता सिद्धार्थ इक्वीटि फन्ड, सिद्धार्थ इक्वीटि ओरीएन्टेड स्किम लगायतले भने ऐनको नियम पालना गरेर १० प्रतिशतमात्र रकम निक्षेपमा राखेका छन् । तर सीबीआइएल र सानिमा क्यापिटलले ठाडो दादागिरी देखाउँदा पनि कोहि पनि नबोल्नुले यी कम्पनी र धीतोपत्र बोर्डको मिलेमतोको आरोपलाई झन् प्रष्ट पारेको छ । यसो त सीबीआइएल क्यापिट आफैं र उक्त क्यापिटलको स्वामित्व राखेको सिटिजन्स बैंक पछिल्लो समय सबैभन्दा विवादित बैंक हो । सीबीआइएल क्यापिटलको जिम्मेवारी समिर प्रसाद दाहालले लिएसँगै कम्पनीमा यस्ता गलत धन्दाहरु थुप्रै भइरहेको आरोप लागिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्