×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राज्यबाट अनुदान लिने अनि उपभोक्तालाई मार पार्ने काम चिनी उद्योगीहरुले गरे’ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

PRIME CA

‘राज्यबाट अनुदान लिने अनि उपभोक्तालाई मार पार्ने काम चिनी उद्योगीहरुले गरे’ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

५ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराएका छन्। राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार पार्ने काम चिनी उद्योगीहरुले गरिरहेको अर्थमन्त्री खतिवडाको आरोप छ । 
बुधबार प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनले उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ ? भनि चिनी उद्योगीहरुलाई प्रश्न पनि गरे । चिनी उद्योगीहरुले उखु कृषकहरुको बक्यौता रकम अझै नदिएको पनि पनि अर्थमन्त्री खतिवडाको आपत्ति छ ।
अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गराउनु परेको पनि स्मरण गराए । उनले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको पनि स्पष्ट पारे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: