
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अर्घाखाँची सिमेन्ट गुणस्तरहीन भएको प्रमाणसहितको खबर अर्थ सरोकारले निरन्तर प्रकाशित गरेपछि परेको नैतिक दवावपछि नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त सिमेन्ट उद्योगको इजाजत रद्ध गरेको छ । अर्घाखाँची सिमेन्टको उत्पादन र विक्री वितरणमा समेत रोक लगाउँदै अर्घाखाँची सिमेन्टलाई विभागले यस्तो कारवाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अर्घाखाँची सिमेन्टको इजाजत रद्ध गरिएको र उत्पादन र विक्री वितरणमा समेत रोक लगाइएको पुष्टी गरे ।
कारवाहीमा परेका अन्य उद्योगहरुमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा लगायतका छन् । यस्तै, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौँ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उद्योग नवलपरासी लगायतका लागि पनि कारवाही गरिएको छ ।
‘कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेका छौं । अहिलेलाई अर्घाखाँची सिमेन्टको इजाजत रद्ध भयो । अन्य १८ उद्योगलाइ पनि कारवाही गरिएको छ ।’ उनले भने । अर्घाखाँची सिमेन्टको मनपरीबारे अर्थ सरोकार डटकमले निरन्तर समाचार प्रकाशन र प्रशारण गरेको थियो ।
हेर्नुहोस्, अर्घाखाँची सिमेन्टबारे अर्थ सरोकारले गरेको निरन्तरको फलोअप :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्