
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौँ- नयाँ शक्ति पार्टी, नेपालले सरकारले मुलुकमा अरबौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको गम्भिर आरोप लगाएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको प्रतिक्रिया दिएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उहाँले वाइडबडि विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसबारे आफ्नो पार्टीले संघीय संसदमा गम्भिर ढंगले कुरा उठाउने जानकारी पनि दिए । पूर्व अर्थमन्त्रीसमेत समेत रहेका भट्टराईले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नसकेको भन्दै सरकारको आलोचना पनि गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्