
काठमाडौँ- राजधानीमा सुबिसु क्यान इन्फोटेक २०१९ मेला सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसियसन नेपाल क्यान महासघले गरेको सुबिसु क्यान इन्फोटेक २०१९ को मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दे मन्त्री बास्कोटाले डिजिटल नेपाल निर्माण गर्ने सरकारको योजनामा सबैलाई सहभागी हुन आव्हनसमेत गरे । प्रविधिमा गरिने लगानीको सुश्चितता सरकारले गर्ने भन्दै उहाँले विगतमा भएका गल्ती सच्याउदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । व्यापारीले आफुलाई फाईदा हुने काम र क्षेत्र मात्रै रोज्न सक्ने तर सरकारले त्यसो गर्न नसक्ने भन्दै उनले दुर्गम क्षेत्रमा प्रविधि पुर्याउने सरकारी योजनामा सहकार्य गर्न पनि आग्रह गरे।
उनले विशेष आर्थिक क्षेत्रहरुमा आईटि क्षेत्रलाई पनि छुट्टै स्थान श्रृजना गर्ने गरी व्यवस्था गर्न सम्बन्धीत मन्त्रालयलाई पत्राचार गरिसकिएको जानकारी दिए ।भृकुटीमण्डपमा मंगलबार देखि सुरु सुबिसु क्यान इन्फोटेक २०१९ मेला आगामी २० गते सम्म चल्ने छ । मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १ सय ७५ स्टल छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्