Skip to content
LAXMI SUNRISE BANK

उदयपुर सिमेन्ट सुधारेका चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेल आयल निगमको कार्यकारी निर्देशक नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौँ- चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिको निर्णय गरेको हो ।
पौडेल यसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । सिमेन्ट उद्योगलाई सुधारेको भन्दै उनको वाहवाहि बढेको थियो । नेपाल आयल निगमको प्रमुख हुने भएपछि उनले सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए । भारतीय बोर्डबाट सिए उतिर्ण गरेका उनी निकै कुशल व्यवस्थापकका रुपमा चिनिन्छन्। 
त्यसअघि छनौट तथा सिफारिस समितिले निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये मध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादबलाई पेश गरेको थियो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK