
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ-नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष बन्न सेयर लगानीकर्ता संघ नेपाल छोडेर टाप कसेका छोटेलाल रौनियार अन्तत: फोरमको अध्यक्ष बनेका छन् । फोरमको अध्यक्ष बन्नकै लागि सेयर लगानीकर्ता संघ छोडेको आरोपलाई ढाकछोप गर्न उनले केहि समय अगाडी अम्बिका प्रसाद पौडेलले दिएको राजीनामा उनकै सल्लाहमा च्यातेर यसबारे आफैं मिडियामा पठाउन फोरमकै केहि सदस्यहरुलाई लगाएको चर्चा बाहिर आएको थियो ।
सेयर लगानीकर्ता संघ नेपालमा हुँदा उनले केहि बैंकलाई आफु लगानीकर्ताको नेता हुँ भन्दै मार्जिन कल नगर्न धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । तर बैंकले सेयर लगानीकर्ता संघ नेपालभन्दा फोरमलाई बढी मान्यता दिएपछि उनी लुसुक्क फोरममा उपाध्यक्ष बन्न आएका थिए । केहि समय अगाडी ब्रोकरलाई चोर भनेरसमेत उनी विवादमा आएका थिए । अझ उनी केहि समय अगाडी अर्थमन्त्रीले थर्काउँदा समेत अर्थमन्त्रीले बोल्दै नबोलेको कुरालाई मिडियामा टिपाएर चर्चामा आएका थिए । उनले बोलेको झुट मिडियामा अर्थमन्त्रीले बोलेको रेकर्डसहित बजारमा आएपछि उनको हाइट निकै घटेको चर्चा त्यतिबेला नै चलेको थियो । आज इन्भेष्टर्स फोरमले प्रेस बिज्ञप्ति जारी गर्दै छोटेलाल रौनियार अध्यक्ष बनेको र अम्बिका पौडेलले अध्यक्ष पद छोडेको सार्वजनिक गरेको छ ।
यसो त छोटेलाल रौनियारबाट लगानीकर्ताले केहि आश भने राखेका छैनन् । प्यान नम्बर अनिवार्य गर्ने कुरामा केहि लगानीकर्ताका नेताहरु उफ्रेपछि घुमाउरो पाराले उनीहरुको सम्पत्ति छानविन गर्ने कुरा आएको थियो । त्यसपछि छोटेलाल रौनियार लगायतका अन्य संघका केहि नेताहरु पनि यो विषयमा मौन बसेका छन् । उनी लगानीकर्ताको नेता भन्दा पनि आफ्ना केहि स्वार्थ पूरा गर्न फोरममा आएको चर्चा यसअघि चलेको थियो भने चलेका केहि चर्चाहरु सार्वजनिक रुपमै प्रमाणित भइसकेका छन् ।
यसअघि अम्बिका पौडेलले फोरम छोड्न लागेको र छोटेलाल रौनियारलाई अध्यक्ष बनाउने सहमति बनेको खबर अर्थ सरोकार डटकमले नेपाली मिडियामै पहिलोपटक ब्रेक गरेको थियो । उनी अम्बिका पौडेलका विश्वास पात्रका रुपमा चिनिन्छन् ।
यसो त उनी फोरमको अध्यक्ष बनेकोमा धेरै लगानीकर्ता, अन्य लगानीकर्ता संघका नेताहरु र फोरम भित्रकै केहि सदस्य चरम असन्तुष्ट छन् । ‘अहँ ! बधाई भन्न सकिएन ! संघको आड देखाएर बैंकलाई धम्की दिने, ब्रोकरलाई अपशब्द बोल्ने र पदका लागि राजीनामा पत्र च्यातेर नौटंकी गरी आफैं समाचार हाल्न लगाउनेलाई कुनै हालतमा बधाई भन्न सकिएन !’ एक प्रसङ्गमा छोटेलाल रौनियार अध्यक्ष बनेकोमा दुख प्रकट गर्दै अर्थ सरोकारसँग बजारमा ठूला भनिएका एक लगानीकर्ताले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्