×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ बर्षीय ठिटाहरुको ‘स्टार्टअप बिजनेश’ चिया घर : काठमाडौँमै ‘मट्का’ चियाको स्वाद…! (भिडियो)

PRIME CA

२४ बर्षीय ठिटाहरुको ‘स्टार्टअप बिजनेश’ चिया घर : काठमाडौँमै ‘मट्का’ चियाको स्वाद…! (भिडियो)

२९ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सरला राउत / अर्थ सरोकार डटकम 

चिया । शब्द नै मिठो, चुस्कीको त कुरै छोडौं । साथी-भाई भेट्यो चिया । कसैसँग गफ गर्नुपर्यो चिया । नेपालीहरुको साथी बनिसकेको छ चिया । हरेक स्टार्टअप् प्लानदेखि साथीभाइको जामघटसम्म साथी बन्छ चिया । र गल्ली-गल्ली चोकचोकमा पाइन्छन् चिया पसलहरु । तर हामी आज जुन चियाघरको कुरा गर्दैछौं, यसको कथा भने बेग्लै छ । नाम ‘चिया घर’ । भर्खरका ठिटाहरुको ‘स्टार्टअप बिजनेश’ । धेरैले सामान्य मान्ने चियालाई उनीहरुको घरेलु स्वाद दिएका छन् । वातावरण पनि उस्तै रमाइलो । अनि त अरु के चाहियो ? चिया बेचेर पैसा मात्र होइन, ग्राहकको माया पनि कमाएको चिया घरले । र त खोज्दै खोज्दै चिया पिउन कलेजका केटाकेटिदेखि बिजनेशम्यानसम्म आइपुग्छन् चिया घरमा ।

अहिले पूरानो बानेश्वर र पेप्सीकोलामा छ चिया घर । अरु थुप्रै ठाउँमा आउटलेट खोल्ने तयारी पनि छ । झन्डै एक दर्जन स्टाफहरुलाई रोजगारी दिएको छ चिया घरले । र दिनमा सयौंको संख्यामा ग्राहकहरु चियाको चुस्की लिन्छन् चिया घरमा । काम गर्दा-गर्दा थकित भएर केहिबेर फ्रेश हुनुपर्यो वा । साथी भाइको जमाघट गर्नु पर्यो । चिया पिएर केहि पुस्तक पढ्नु पर्यो वा हुन्छ नि साथीभाइसँग भेटघाट गर्ने कुनै बहाना चाहियो । धरैको रोजाई बनेको छ चिया घर ।
भर्खरका ठिटाहरुको अनेक व्यवसायका सपनाहरु हुन्छन् । चिया घर नै किन त ? सञ्चालकमध्येका एक अर्घाखाँची घर भएका र हाल बानेश्वरमा बस्दै आएका २४ बर्षीय राजीव शाही यसो भन्छन् । सुरु सुरुमा त गाह्रो पनि भयो । व्यापार गर्दै जाँदा समस्याहरु पनि आए । तर भित्रैबाट मन लागेर गरेको व्यवसायका अगाडी यी समस्या ठुला थिएनन् । हिम्मत नहारी अघि बढ्यो चियाघर । आखिर के फरक छ चियाघरको चिया र अन्य सामान्य पसलका चिया ? तपाईहरुले यदी प्रश्न सोचीरहनुभएको छ भने यसको उत्तर, ‘चियाघर धेरै कुरामा फरक छ ।’ गाउँले स्वाद छ, भेराइटी छ र छुट्टै मिठास पनि ।

अझ रमाइलो कुरा त के छ भने वाईफाई भेटेपछि साथीभाईहरुले संगै मेरा साथीहरु छन् भन्नेसमेत नबुझी एकोहोरो मोबाइलमा मात्र लाग्ने गरेको देखेका उनीहरुले साथीहरु भेट्दा गफ गरून् र चियाको मज्जा पनि मज्जैसँग लिउन् भनेर चियाघरमा वाईफाई राखेका छैनन् । यस्तो उर्जा, फरक सोच र टिम मिलेर गरेको काम ढिलो चाँडो सफल नहुने कुरै भएन । चियाघरले पनि आफुलाई विभिन्न ठाउँमा विस्तार गर्दैछ । आज बानेश्वरको चिया घरले दिनमै ३०० बढी ग्राहकको चियाको तलतल छुट्टै मिठासका साथ मेटाईरहेको छ । गज्जब ! सलाम छ देशभित्रै अझ साना कुराहरुमा ठुला सम्भावना देख्ने यी कर्मठ युवाहरुलाई ! तपाईं पनि जाने होइन त चिया घर ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: