×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्शियल बैंकका कर्मचारीले ‘को बन्छ करोडपति’मा जिते १० हजार, अडियन्स पोलले ‘फेल’ खायो !

PRIME CA
GLOBAL IME BANK

प्राइम कमर्शियल बैंकका कर्मचारीले ‘को बन्छ करोडपति’मा जिते १० हजार, अडियन्स पोलले ‘फेल’ खायो !

१९ माघ २०७५, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’मा प्राइम कमर्सियल बैंकका कर्मचारी अभिषेक रघुबंशीले १० हजार रुपैयाँ जितेका छन् । सातौँ प्रश्नमा गएर अडियन्स पोलले दिएको नतिजा नै गलत भएपछि उनी १० हजार रुपैयाँमा चित्त बुझाउँदै घर फर्केका हुन् । ‘दी बेकरी क्याफेको पहिलो शाखा कहाँ खुलेको थियो ?’ भन्ने प्रश्नमा अडियन्स पोल गलत उत्तरमा परेपछि उनी १० हजार रुपैयाँमा रोकिएका हुन् । यसको उत्तर तीनधारा भएपनि अडियन्सको सबैभन्दा बढी मत ‘टेकु’ भन्ने उत्तरमा आएको थियो । 
यसो त उनी पहिलो प्रश्नमै अल्मलिएका थिए भने उनलाई ‘फोन अ फ्रेन्ड’ लाइफलाइनले पनि साथ दिएन । फोन गरेका साथीले उत्तर दिन नसकेपछि उनको उक्त ‘लाइफलाइन’ पनि खेर गएको थियो । डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको ‘हु वान्ट्स टु बि अ मिलिनियर ‘ प्रशारणमा ल्याउने नेपाल १ सय ६१ औ देश हो । वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको ‘हु वान्ट्स टु बि अ मिलिनियर ‘ कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रशारण हुने गर्दछ । नायक अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपति नेपालमा पनि त्यतिनै हेरिने कार्यक्रममा पर्छ जति भारतमा हेरिन्छ ।
को बन्छ करोडपतिको पहिलो एपीसोडका पहिलो प्रतियोगी रघुबंशी यसअघि सनराइज बैंक र माछापुछ्रे बैंकमा काम गरेका बैंकर हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: