×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फाइनान्सिङ गरेर बजाजको बाइक किन्दा जनकपुरमा यस्तो लफडा, ग्राहक भन्छन्, ‘फाइनान्सकै कर्मचारीले बाइक चोरे’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फाइनान्सिङ गरेर बजाजको बाइक किन्दा जनकपुरमा यस्तो लफडा, ग्राहक भन्छन्, ‘फाइनान्सकै कर्मचारीले बाइक चोरे’

Artha Sarokar

७ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर- जनकपुरमा समयमै किस्ता बुझाउँदा पनि फाइनान्सले बाइक घरबाटै चोरी गरेको आरोप लिएर पीडीतहरु प्रशासनसम्म पुगेका छन् । हुलाश इन्भेष्टमेन्टको जनकपुर शाखाबाट फाइनान्सिङ गरी किनिएको बजाजको २२० सीसी मोटरसाइकल (नम्बर ज ९ प १३४६)किस्ता समयमा तिर्दा पनि घरबाटै कम्पनीकै कर्मचारीहरुले चोरेर लागेको उनीहरुको आरोप छ । 
जव उजुरी प्रशासनसम्म पुग्यो 
‘हाम्रो बाइक कम्पनीकै कर्मचारीबाट चोरी भएपछि हामीले प्रशाशनमा उजुरी गर्यौँ । तर हुलाश इन्भेष्टमेन्ट कम्पनीका कर्मचारी १० महिनामा बल्ल प्रशासनमा उपस्तित भए । त्यो पनि प्रहरीले जवरजस्ती गरेपछि । चोरी गरेर लगेको हाम्रो मोटरसाइकल हुलाशका कर्मचारीले नै चलाएका छन् । अनेक विभिन्न बहानामा हुलाशले गाडी दिन २० महिनादेखि विना कारण ‘इन्कार’ गरिरहेको छ ।’ पीडीतले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार प्रशासन गुहार्दा पनि न्याय नमिलेपछि उनीहरु अदालत जाने भएका छन् । ‘हाम्रो पीडाको सुनुवाई भएन ।   कम्पनीका कर्मचारीविरुद्ध अव हामी अदालत जाँदैछौं । हाम्रो ३ लाख ४३ हजार रुपैयाँ ठगी भएको छ । मोटरसाइकल चोरी गरिएपछि हामीलाई थप मानसिक तनाव पनि भएको छ ।’ उनले भने । उनका अनुसार उनीसँग सबै कागजात सुरक्षित छ । ‘हामीसँग सबै प्रमाण छ । यसरी दिन दहाडै फाइनान्स कम्पनीका कर्मचारीले नै बाइक चोरेर लैजाने भएपछि अव कसको विश्वास गर्ने ?’ उनले भने ।  

‘लफडा केहि छैन, नियम अनुसार नै काम गरेका छौं’ : हुलास इन्भेष्टमेन्ट 
यता हुलाश इन्भेष्टमेन्टलेभने आफुले नियम अनुसार नै काम गरेको दावी गरेको छ । कम्पनीका रिकभरी विभागका निराजन कार्कीका अनुसार समयमै किस्ता नआएपछि कम्पनीले बाइक थुतेको हो । ‘जनक अटोको ग्यारेन्टीमा हामीले लगानी गरेको हो । तर हाम्रो समयमा किस्ता आएन । किस्ता नआएपछि हामीले बाइक थुतेको हो । अहिले त्यो बाइक हामीसँगै छ । एक पटक ग्यारेन्टर कम्पनीले समेत पैसा हालिदिनुभएको हो ।’ उनले भने । उनका अनुसार एक पटक हुलाशका कर्मचारीलाई प्रहरीले बोलाएपछी संस्थागत जानकारी दिन कर्मचारी गएको भएपनि जिल्ला प्रशासन कार्यालयमा भएका अन्य खाले उजुरीहरुको भने आफुहरुलाई औपचारिक जानकारी छैन । ‘सबै काम कानुनअनुसार नै भएको छ । हामीसँग पनि सबै डकुमेन्ट सुरक्षित छ । कानुनअनुसार नै हामी अगाडी बढ्छौं ।’ कम्पनीमा रिकभरी विभागका कार्कीले अर्थ सरोकार डटकमसँग भने । उनले हालसम्म चुक्ता भइसक्नु पर्ने ऋण अझै पनि चुक्ता नभएको बताए ।               
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी