
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – २०५४ साल माघ महिनामा नेपाल बैंकको खहरे शाखाको २० लाख रुपैयाँ लुटियो । तत्कालीन नेकपा माओवादीले बैंक लुटेको कुरा बाहिर आयो । त्यहि प्रकरणमा जोडिएका थिए रामबहादुर भण्डारी नेता भण्डारी । उनलाई बैंक लुटेको आरोपमा ०५५ जेठ १८ गते सुरक्षाकर्मीले पक्राउ गरी अदालातमा मुद्धा चलेको थियो । तर अदालतमा नेपाल बैँकका तर्फबाट बयान दिने व्यक्तिले नेता भण्डारीले बैंक नलुटेको बयान दिएपछि भण्डारीले जितेका थिए । तर त्यो बेला नै बैंकका कर्मचारीहरुलाई माओवादीले यस्तै बयान दिन धम्क्याएको चर्चा पनि चलेको थियो ।
तर यस्तो आरोप लागेका नेताको आज बैंक प्रतिको दृष्टिकोण फेरिएको छ । कुनै बेला नेपाल बैंक लुटेको आरोप लागेका भण्डारीले २ सय ५८ औँ शाखाको रुपमा धादिङबेशीमा शाखा उद्घाटन गर्दा आफू नेपाल बैंकप्रति ऋणि रहेको भाषण गरे । आफूलाई सुरक्षाकमींबाट जोगाइदिएको स्मरण गर्दै उनले अव आर्थिक विकासका लागि नेपाल बैंकले गरिबका लागि काम गर्नुपर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्