×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरको ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ आउँदै, अधिकतम ३५ हजार कित्तासम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन हाइड्रोपावरको ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ आउँदै, अधिकतम ३५ हजार कित्तासम्म भर्न पाइने

Artha Sarokar

४ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : युनियन हाइड्रोपावर
खुला हुने मिति : चैत १३ गते
भर्ने अन्तिम मिति : चैत १७ गते 
कित्ता : ३४ लाख ६३ हजार ६५४ कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३५ हजार कित्ता
विवरण : 
युनियन हाइड्रोपावरले ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ सर्वसाधारणलाई बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको थियो । यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो । 
युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा कर्मचारीहरुई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : ७५ करोड रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी