×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ललितनिवास जग्गा हिनामिना काण्ड : आधा दर्जन बैंकले सरकारी जग्गा धितो राखेर कर्जा प्रवाह गरेको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंकले गरेका बदमासीहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । कहिले खोलाको जग्गा धितोमा राखेर कर्जा प्रवाह गरेको काण्ड त कहिले अर्कैको नाममा रहेको जग्गा धितोमा राखेर कर्जा प्रवाह गरेको काण्ड । यस्ता काण्डहरु सेलाउन नपाउंदै विभिन्न बैंकहरुले सरकारी जग्गा नै धितोमा राखेर कर्जा प्रवाह गरेको खुलासा भएको छ । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाले अर्बौं रुपैयाँ ऋण विभिन्न व्यक्ति र संस्थाको नाममा दिएको खुलासा भएको हो ।
ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंक/बित्तीय संस्थाले कर्जा प्रवाह गरेको रहस्य बाहिर आएको हो । यसरी कर्जा प्रवाह गर्ने बैंकहरुमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायत रहेको बताइएको छ । तर कुन बैंकबाट कति रकम कसले कर्जा लिएको छ भन्ने विवरण भने हाल अनुसन्धानकै क्रममा रहेको बुझिएको छ ।
 
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल, भाटभटेनी डेभलपमेन्ट प्रालिलगायत व्यक्ति तथा संस्थाले ललितानिवासको जग्गा धितो राखेका छन् । यि व्यक्तिहरुमध्ये डा. शोभाकान्त ढकाल कुमारी बैंकका संचालकसमेत हुन् । उनकै नेतृत्वमा विभिन्न बैंकहरुले कर्जा मिलाइदिएको समेत बुझिएको छ ।
यो पनि पढ्नुहोस 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: