
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- भूकम्प र नाकाबन्दीका कारण आफ्नो व्यवसायमा समस्या आएपछि आफुलाई उचित समय नदिइ प्रक्रियाका नाममा आफ्नो जग्गा बैंककै मिलेमतोमा कौडीको भाउमा लिलाम सकार भएको भन्दै अर्थ सरोकारको सम्पर्कमा आएका व्यवसायी अर्जुन पौडेललाई हामीले अर्थ सरोकारको केहि अघिको सृंखलामा प्रस्तुत गरेका थियौँ, जहाँ उनले बैंककै भित्री मिलेमतोमा आफ्नो जग्गा बेचिएर आफ्नो जीवन नै बर्बाद बनाएको आरोप लगाएका थिए ।
यता बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाले सबै कुरा कानुनी प्रक्रिया अनुसार नै गरिएको दावी गरेका थिए । नेपालमै केहि गर्छु भन्ने एउटा व्यवसायीको बिल्लीबाठ त भएको छ नै, यहाँ बैंककै ८१ लाख रुपैयाँ नउठ्ने गरी बैंकले किन, के उद्देश्य लिएर कसलाई जग्गा बेच्यो भन्ने प्रश्न उठेको छ । र आजको कार्यक्रममा हामीले त्यो पत्ता लगाएका छौं ।
यो पनि पढ्नुहोस्
आजको अंकमा हामीले यस प्रकरणमा पछिल्लो अपडेट, उनको जग्गा कसले किनेको रहेछ भन्ने तथ्य मात्र प्रस्तुत गर्ने छैनौं, बरु उनले न्यायका निम्ति के के गरिरहेका छन् भन्ने तथ्य पनि प्रस्तुत गर्दैछौं । आजको अंकमा हामीले पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा समेत निकै चर्चित बनेको माछापुच्छ्रे बैंकको जग्गा काण्डको फलोअप लिएर आएका छौं ।
हेर्नुहोस् भिडियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्