
बाग्मती बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य कृष्ण कुँवरलाई सीआईबीले पक्राउ गरेको छ । सीआईबीका अनुसार कुँवरलाई वैशाख १० गते मंगलबार भक्तपुरको ठिमीबाट पक्राउ गरिएको हो । निरमाया तामाङ समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी कुँवर समेत भएको ठगी मुद्दामा ललितपुर जिल्ला अदालतको वि।सं। २०७३ चैत ११ गतेको फैसलाले काठमाडौं कीर्तिपुर नपा वडा नं १३ बस्ने बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कृष्ण कुँवरलाई एक वर्ष कैद र छ लाख २८ हजार छ सय नौ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
सो लगत्तै फरार भएका ३८ वर्षीय कुँवरलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ परेका कुँवरलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पेस गरिएको छ । अदालतमा पेस गरिएका कुँवरलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु, ललितपुरमा पठाइएको छ । सीआईबीका अनुसार बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक कृष्ण कुँवर समेतका प्रतिवादीहरुले विभिन्न सर्वसाधारण व्यक्तिहरुबाट संकलन गरिएको निक्षेप रकम ठगी गरी सम्पर्कविहीन भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्