
अर्घाखाँची सिमेन्ट । अर्थात पछिल्लो समय सबैभन्दा विवादित बनेको सिमेन्ट उद्योग । चुनढुंगा कम्पनी नियम विपरित चलाएको देखि पटक पटक सिमेन्ट गुणस्तरहीन प्रमाणित भएकोसम्मका काण्ड । पटक पटक सिमेन्ट गुणस्तरहीन भएकै कारण बजारबाट फिर्ता ल्याउनु भन्ने परिपत्रको अटेरी गर्दै दादागिरी देखाईरहेको एउटा कम्पनी । यसो त स्थानीय नेतादेखि जनताले डाँडा नै बेचेको आरोप लगाएको कम्पनीले यस्ता बदमासी गर्नु नौलो कुरासमेत मान्न छाडीसकेका छन् जनताले । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने, विक्री वितरण गरेर जनताको आँखामा छारो हाल्ने काम गरिरहेको अर्घाखाँची सिमेन्ट राष्ट्रिय गौरवको आयोजनामा रहेको गौतमबुद्ध विमानस्थलका लागि पनि अवरोध गर्ने संस्था बनेको छ ।
संरचना हटाउन पत्राचार !
गुणस्तर विभागले भनेको अधिकांस कुरा नमान्ने यहि अर्घाखाँची सिमेन्टलाई यतिबेला उद्योगको संरचना सम्बन्धि कैफियतलाई मिलाउन पत्राचार गरेको छ । अर्घाखाँची सिमेन्टका केहि सरचना र चिम्नी ले जहाज अवतरणमा अबरोध गरेकाले उक्त संरचना र चिम्नी तत्काल तत्काल हटाउन पत्राचार गरिएको विमानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । ‘हामीले चिम्नी र विमानस्थललाई अफ्ट्यारो पार्ने केहि संरचना हटाउन मौखिक आग्रह गरेका थियौं । पटक पटक हाम्रो आग्रहलाई नमानेपछि हामीले लिखित रुपमै पत्र पठाएका छौं ।हाम्रो परिपत्र नमाने उद्योग नै हटाउनुपर्छ ।’ उनले भने ।
‘सन् २०१९ बाट संचालनमा ल्याउने गरी काम अगाडी बढेको छ । तर यहि समयमा अर्घाखाँची सिमेन्ट उद्योगका कारण हवाई रुट डिजाईनै समस्या परेको छ ।’ उनले अगाडी भने, ‘त्यसैले यो कामलाइ तत्काल अगाडी बढाउन परिपत्र गरेका छौं । त्यहाँका प्रतिनिधि एक पटक कुरा गर्न आउनु पनि भएको थियो । तर त्यसपछि कुनै पनि काम भएको छैन ।’
चलानी नम्बर १२४५ राखेर मिति २०७५ साल-१२-१० गते काटिएको उक्त पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस गौतम बुद्ध अन्तराष्ट्रिय विमान थल सञ्चालनार्थ हाल फ्लाइट रुटको डिजाइन कार्य भइरहेको र स्थलगत अध्ययनका क्रममा त्यहाँ प्रालिको चिम्नीले जहाज-उडानअवतरणमा बाधा पर्ने देखिएकोले उपरोक्त सम्बन्धमा ने ना. उ. प्रा (महानिर्देशकस्तर) बाट निर्णय भए बमोजिम उक्त चिम्नीको उचाई ४०. मिटर घटाई सुरक्षित विमानस्थल संचालनका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’
हेर्नुहोस्, अर्घाखाँची सिमेन्टबारे अर्थ सरोकारले गरेको निरन्तरको फलोअप :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्