Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा जानेलाई नक्कली बिमालेख जारी गरी ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ परेका हुन् । शर्मा इन्स्योरेन्सका वैदेशिक रोजगार शाखाका प्रमुख हुन् । कम्पनीले पाँच सय ७४ वटा नक्कली बिमालेख जारी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यसअघि नै कम्पनीका अन्य तीन कर्मचारी पक्राउ परेका थिए । कम्पनीका कर्मचारीहरू प्रकाश रेग्मी, सुदीप खड्का र सञ्जय केसी काठमाडौं जिल्ला अदालतको आदेशबाट जेल चलान भइसकेका छन् । 
अनुसन्धानका क्रममा बिमाबापतको पैसा लिने र नक्कली बिमालेख जारी गरेर बिमाकर्तालाई ठग्ने गरेको पाइएको छ । यसमा केही म्यानपावर कम्पनीको समेत मिलेमतो देखिएको अनुसन्धानका क्रममा खुलेको छ । 
थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK