×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भूमिसुधार मन्त्री पद्मा अर्याल परिक्षामा चिट चोर्दै गर्दा रंगेहात पक्राउ परेपछि रेस्टिकेट भएको’ खुलासा !

PRIME CA

‘भूमिसुधार मन्त्री पद्मा अर्याल परिक्षामा चिट चोर्दै गर्दा रंगेहात पक्राउ परेपछि रेस्टिकेट भएको’ खुलासा !

अर्थ सरोकार

६ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पछिल्लो समय गुठी विधेयक चर्चामा छ । विधेयक फिर्ता भएपनि आन्दोलन रोकिएको छैन । गुठि विधेयक भन्ने वित्तिकै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नाम सबैले सम्झने नै भए । तर उनै मन्त्री अर्याल चिट चोरेको कारण रेस्टिकेट भएको खुलासा भएको छ । वालिङ बहुमुखी क्याम्पसमा आइएलको परिक्षा दिँदै गर्दा चिट चोरेपछि उनलाई रेस्टिकेट गरिएको तथ्य खुलासा भएको हो ।

वालिङ बहुमुखी क्याम्पसका तात्कालिन क्याम्पस प्रमुख मधुसुधन पाण्डेयले यस्तो खुलासा गरेका हुन् । सामाजिक संजालमा उनले मन्त्री अर्याललाई चिट चोर्दै गर्दा आफैले रंगेहात समातेको र आफैले रेस्टिकेट समेत गरेको दावी गरेका छन् ।
‘ती भूमीसुधार मन्त्रीलाई त मैले वलिंग ब. क्याम्पसमा आइएलको जाँच दिँदै गर्दा चिट चोरको फेला पारेर रेस्टिकेट गरेको थिएँ । त्यतिबेला म क्याम्पस प्रमुख थिएँ ।’ सामाजिक संजालमा पाण्डेयले लेखेका छन् । यसो त उनले साच्चै चिट चोरेको हो कि गुठि विधेयक चर्किएपछि यस्तो आरोप लागेको हो भन्ने कुरा भने रहस्यको गर्भमै छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: