×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आग्रह–पूर्वाग्रह नराखी काम गर्न कर्मचारीलाई महालेखापरीक्षकको निर्देशन (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

आग्रह–पूर्वाग्रह नराखी काम गर्न कर्मचारीलाई महालेखापरीक्षकको निर्देशन (भिडियो रिपोर्ट)

१५ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – महालेखापरीक्षक टंकमणि शर्माले राज्यले दिएको जिम्मेवारीलाई आग्रह पुर्वाग्रह नराखी दृढतापुर्वक पालना गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । आईतबार राजधानी काठमाण्डौमा महालेखापरीक्षकको कार्यालयको ६१ औ बार्षिकोत्सव कार्यक्रममा उहाँले अरुको दोष र खोट देखाउने भएको आफु चोखो हुनुपर्ने तर्फ सचेत हुन कर्मचारीको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले आग्रह पुर्वाग्रहमा पर्दा प्रतिवेदन नै गलत ठहरिने भन्दै त्यस तर्फ सचेत र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारीका स्वभाविक कमिकमजोरीलाई आफुले सधै जिम्मेवारी लिदै आएको भन्दै उहाँले नियतबस गरिने गल्तीको दोषी स्वयम हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “ हामी अरुको दोष र खोट देखाउने जिम्मेवारीमा भएकाले आफू चाही चोखो रहनुपर्छ । संपरीक्षण गर्दा आग्रह पुर्वाग्रह गर्नुहुदैन । नतिजा वस्तुगत हुनुपर्छ । नलेख्नु पर्ने कुरा लेखेको, लेख्नुपर्ने कुरा नलेखेको अनि गलत प्रतिवेदन ठहरिन्छ । यस्तोमा कहिलेकाही हाम्रा कर्मचारीहरु पनि दोषी हुन् कि भन्ने आशंकाहरु आउछ । त्यसमा ध्यानाकर्षण गराउन चाहन्छु । जानी जानी मिलेमतो गरेर राज्यको नोक्सानी गरेको कुरामा आफैले जिम्मेवारी लिनुपर्छ । काम गर्दै जादा हुने स्वभाविक खालका कमी कमजोरीलाई म सधै जिम्मेवारी लिन्छु । ”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले महालेखा परीक्षकको कार्यालयलाई दीगो विकास लक्ष्यका १७ सुचकांकको पनि लेखा परीक्षण गर्ने जिम्मेवारी दिईएको जानकारी गराउनुभयो ।
उहाँले राज्यका सबै संयन्त्र विकेन्द्रीकृत भएपनि महालेखापरीक्षकको कार्यालयले अहिले सम्म केन्द्रीय ढंगले काम गर्दै आएकाले औपचारिकतामा मात्रै सिमिति नभई वर्तमान परिपेक्ष्यमा औचित्य, मितव्ययीता र प्रभावकारीतालाई पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: