
काठमाडौँ । के तपाईं भर्खर एसइइसकेको विद्यार्थी हुनुहुन्छ ? भविष्यमा के बन्ने सोच राख्नुभएको छ ? डाक्टर, इन्जिनियर, चार्टड एकाउन्टेन्ट वा अरु केहि ? यदी तपाईंको सोच डाक्टर, इन्जिनियर वा अरु केहि छ भने तपाईंले कुन कुन कलेज घुम्नुभयो ? कहाँ भर्ना गर्ने सोच राख्नुभएको छ ? एक पटक आफैं मनन गर्नुहोस् त । सपनाको यो भीडमा यदि तपाईं सिए अर्थात चार्टड एकाउन्टेन्ट बन्न चाहानुहुन्छ भने तपाईंले कक्षा ११ मै कलेज छान्दा सिएमा उत्कृष्ट नतिजा ल्याएको संस्था चलाउने व्यवस्थापनले नै चलाएको कलेजमा पढ्दा तपाईंलाई फाइदा होला ।
यो कुनै कलेजको बिज्ञापन होइन । बरु समयले देखाएको यथार्थ चित्रण हो । एकेडेमी अफ कमर्श नामक सर्वाधिक लोकप्रिय सिए पढाउने संस्था चलाएको व्यवस्थापनले अहिले ब्रिजवाटर इन्टरनेशनल कलेज सञ्चालन गरिरहेको छ । यो कलेजका अध्यक्षसमेत चर्चित सिएमा टपर विद्यार्थीहरु उत्पादन गर्ने संस्था एकेडेमी अफ कमर्शको नेतृत्वकर्ता हुन् । यदी यहि कलेजमा पढ्ने हो भने तपाईंले अझ सहज वातावरण, र ‘काउन्सीलिङ’ पाउनेमा शंका नरहेको जानकारहरुको दावी छ ।
‘हामी सिएहरुले नै चलाएको कलेज हो । त्यसमाथि हामी सिएको पढाइमा अब्बल ठहरिएको संस्था एकेडेमी अफ कमर्श (एओसी) पनि चलाउँछौँ । त्यसैले कसैले भविष्यमा सिए पढ्ने चाहाना राख्नुभएको छ भने कक्षा ११ र १२ मा पढ्ने मामलामा हामीभन्दा उत्तम विकल्प कोहि हुनै सक्दैन ।’ कलेजका अध्यक्ष एवम् एओसीका संस्थापक सिए दीपक पाण्डेले भने ।
उनका अनुसार सिए पढ्न चाहानेहरुलाई कलेजमा कक्षा ११ देखि नै ‘ग्रुम’ गराइनेछ । ‘हामी सपनामा विश्वास गर्छौँ । म भविष्यमा के बन्छु भन्ने कुरा अहिले नै निश्चित गरियो भने सपना साकार पार्न अझ सजिलो हुन्छ । हामी बिज्ञापन, व्यवस्थापन र मानवीकी पनि पढाउँछौं । सबैमा हाम्रो दक्षता राम्रो छ । सिए पढ्न चाहाने विद्यार्थीको मामलामा त हामी गर्वका साथ भन्छौँ, हाम्रो विकल्प कोहि छैन । किनकि एओसी त्यस्तो संस्था हो, जहाँबाट भारतीय बोर्ड अन्तर्गत भारतभरका विद्यार्थीमा हाम्रै विद्यार्थी उत्कृष्ट भएका थिए । त्यो पनि सिएको पहिलो र दोश्रो तह दुबैमा । नेपाली बोर्डमा पनि हामी प्रथम भएका छौं । विद्यार्थीहरुले समयमा नै बुझ्दा उनीहरुकै लागि फाइदा हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्