
काठमाडौँ । बिग मर्जरका नाममा बजारमा मनपरीतन्त्रले जरो गाडेको देखिएको छ । कुनै एउटा संस्थालाई प्राप्तिको चरणमा अर्को सँस्थासँग मर्जर गर्न नपाइने नेपाल राष्ट्र बैंकको मर्जर सम्बन्धि बिनियमावलीमा स्पष्ट उल्लेख भएपनि यो नियम विपरित जनता बैंक र ग्लोबल आइएमइ बैंकको मर्जर प्रक्रिया भन्दै जनता बैंकको समेत सेयर कारोबार रोक्का भएपछि बिग मर्जरका नाममा कुन हदसम्मको दादागिरी चलिरहेको छ र ‘बिग मर्जर गर्दा कानुन नमान्ने छुट पनि रहेछ’ भन्ने भित्री तथ्य उदांगो भएको छ ।
नियम अनुसार ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई प्राप्ति मात्र गर्न पाउँछ । किनकि अहिले ग्लोबलले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अगाडी बढाइरहेको छ । यस्तो अवस्थामा जनता ग्लोबलमा बिलय हुन पाउँछ तर यी दुइको मर्जर हुन मिल्दैन । तर ठुला व्यवसायीको लगानी भएको बैंकले जे गरेपनि हुन्छ भन्ने शैलीमा मनपरी गरिएको छ । यहि विषयलाई लिएर जनताका सेयर होल्डर अदालत जाने भएका छन् ।
हेर्नुहोस् मर्जरसम्बन्धि नियमावलीमा स्पष्ट उल्लेख भएको व्यवस्था !

पेलेरै जाने चन्द्र ढकालको अडान, ग्लोबलका सूचना अधिकारी भन्छन्, ‘के रहेछ कुरो हेर्नुपर्छ’
यसो त यो विषय उठेपछि ग्लोबल र जनताबीचको मर्जरको सम्झौताको ड्राफ्ट परिवर्तन गर्ने भनिएको थियो । तर अन्तिम समयमा चन्द्र ढकालले ‘पेलेरै जाने हो, गभर्नर सापसँग कुरा गरौंला’ भनेपछि ड्राफ्ट परिवर्तन नभएको र मर्जर गर्ने नै भनेर नेप्सेमा पत्र गएको उक्त सम्झौता समारोहमा भाग लिएका एक सहभागीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् । ‘जनताको १०० कित्ता हुनेले मर्जर पछि बन्ने ग्लोबल आइएमई बैंकको ८५ कित्ता अर्थात १०० बराबर ८५ को स्वाप अनुपातमा मर्जर सम्झौता भएकोमा त्यसलाई सच्याएर एक्वायर गर्ने सम्झौता गर्नेगरी पुन सम्झौतालाई सच्याउने तयारी भएको थियो । तर चन्द्र सरले ‘यसरी नै अगाडी बढाउँ’ भनेपछि हामीले ‘हस’ बाहेक अरु केहि भन्न सकेनौं ।’ उनले भने ।
यता ग्लोबल आइएमइ बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीले यस विषयमा आफुले नियम हेरेर मात्र भन्न सक्ने प्रतिक्रिया दिएका छन् । हाथ वे फाइनान्ससँग प्राप्तिको प्रक्रिया अगाडी बढ्दै गर्दा जनतासँग मर्जर गर्न पाइन्छ र ? भन्ने हाम्रो प्रश्नमा उनले यस विषयमा आफुलाई थाहा नभएको र नियम हेरेर आफ्नो भनाइ राख्ने बताए । उनी हरेकजसो इस्यूमा नियम हेरेर भन्छु भन्दै सम्पर्क बाहिर बस्ने गरेका छन् । यस विषयमा चन्द्र ढकालसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । जनताका कम्पनी सचिवलाई पाउँ भनी बैंकमा सम्पर्क गर्दा उहाँलाइ ल्याण्डलाइनबाट आएको फोन ट्रान्सफर गर्न नमिल्ने अचम्मको जवाफ दिए जनताका कर्मचारीले । यता हाथवेका अधिकारीको तर्क भने बेग्लै छ । ‘नमिल्ने भएको भए त्यत्रो अध्यक्षहरु बसेको बैठकमा यसरी गरौँ भन्दा कसरी मिल्यो होला त ?’ हाथवेका उच्च अधिकारीले जवाफ दिए ।

नेप्से भन्छ, ‘हामीलाई मर्जर नै भनेर चिठी आएपछि सेयर कारोबार रोक्का गर्यौँ’
यस विषयमा हामीले नेप्सेमा बुझेका थियौं । नेप्सेका प्रवक्ता मुराहारी पराजुलीले आफुलाई मर्जर नै भनेर चिठी आएकोले नेप्सेले दुवै बैंकको सेयर कारोबार रोक्का गरिदिएको दावी गरे । ‘हामीलाई त मर्जर नै भनेर आएको छ । प्राप्ति भनेर आएको भए सोहि अनुसार गरिन्थ्यो । मर्जर नै भनेर आएपछि त हामीले पनि सेयर कारोबार दुवैको रोक्का राख्नुपर्यो ।’ उनले भने ।’अनि नियम अनुसार ग्लोबल र जनता मर्जरमा जान मिल्छ त ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यो राष्ट्र बैंकले हेर्ने कुरा हो । हामीलाई पत्र आएपछि हामीले सेयर कारोबार रोक्का गर्ने हो ।’

राष्ट्र बैंक भन्छ, ‘दुवै पक्षसँग बुझेर राष्ट्र बैंक बोल्छ’
यस विषयमा हामीले नेपाल राष्ट्र बैंकसँग पनि बुझेका थियौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले यस विषयमा नेपाल राष्ट्र बैंकले ग्लोबल र जनता दुबैलाई बोलाएर बुझ्ने र राष्ट्र बैंकले यस विषयमा आधिकारीक धारणा दिने बताएका छन् । यस विषयमा जनताका सेयर होल्डरले अदालतमा रिट हालेको प्रसङ्गमा उनले अदालतमा विचाराधीन कुरामा बोल्न नमिल्ने र यस विषयमा नेपाल राष्ट्र बैंकको आधिकारिक धारणा छिट्टै आउने सपष्ट पारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्