Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको ‘एक शाखा, एक छोरी’ छात्रावृत्ति योजना सार्वजनिक, छात्राहरुलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘एक शाखा, एक छोरी’ छात्रावृत्ति योजना सार्वजनिक गरेको छ । बैंकको नवौं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमााडौंमा सो छात्रावृत्ति योजना सार्वजनिक गरिएको हो । शिक्षाबाट बञ्चित हुन बाध्य छात्राहरुलाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट सो छात्रावृत्ति योजना लागू गराउने कार्यको शुभारम्भ गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताउनुभयो । 

बैंकको हाल १ सय २ वटा शाखा रहेका छन । ती सबै शाखाबाट एक जना गरिव तर जेहेन्दार छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि यो योजना तय गरिएको पनि बैंकले जनाएको छ । अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्र अन्तरगत स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि आगामी दिनमा लगानी गर्दै जाने योजना तय गरेको बताउनु भयो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK