×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण दिने लोभ देखाएर युवती बलात्कार गर्ने नेपाल बंगलादेश बैंकका मेनेजर पक्राउ !

PRIME CA
GLOBAL IME BANK

ऋण दिने लोभ देखाएर युवती बलात्कार गर्ने नेपाल बंगलादेश बैंकका मेनेजर पक्राउ !

२२ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

बिराटनगर । ऋण दिने लोभ देखाएर युवती बलात्कार गरेको आरोपमा नेपाल बंगलादेश बैंकका मेनेजर पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयामा रहेको नेपाल बंगलादेश बैंकको शाखा कार्यालयका प्रमुख (ब्रान्च मेनेजर) अमित बास्तोलालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो । 
यस्तो छ घटनाको नालीबेली 
२०७५ चैत २२ गते ऋण ती युवती ऋण माग्न बैंक पुगेकी थिइन् । उनले दिएको बयान अनुसार ती ब्रान्च मेनेजरले ऋणको कुरा गर्न भन्दै एक होटलमा लागेका थिए । होटलमा पुगेपछि ‘ऋण त दिन्छु तर मलाइ सेक्स गर्न दिनुपर्छ’ भनेपछि युवतीले प्रतिवाद गरेकी थिइन् । तर उनको प्रतिवादका बाबजुत पनि बास्तोलाले उनलाई बलात्कार गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । महिलाले जम्मा ४ लाख ऋण मागेकी थिइन् । बास्तोला विवाहित पुरुष हुन् ।
यो समाचार पढ्न / हेर्न छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: