×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीहरुलाई १० र १५ प्रतिशत लाभांश (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीहरुलाई १० र १५ प्रतिशत लाभांश (भिडियो)

१३ श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशत माथि लाभांश दिने भएको छ । पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबी बैंकले आफ्नो म्युचुअल फण्ड अन्तरगत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीहरुलाई १० प्रतिशत माथि लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ का ईकाई धनीहरुलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ का ईकाई धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिनु भयो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो घोषणा आगामी कार्तिक ३ गते लागू गरिने पनि जानकारी गराइएको छ ।
७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ ५ वर्षे योजना हो । त्यसैगरी ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ ले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएमबी क्यापिटलले प्रवद्र्धन गरेको यी दुई सामूहिक योजना सात वर्षे योजना हो । दुवै योजनाको पूँजीको आकार १ अर्व रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: