
काठमाडौं – संस्थागत सुशासन कमजोर भएको सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६को चौंथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा २ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६९ करोड नाफा कमाएको थियो । सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको तुलनामा बैंकले यो वर्ष ३२ प्रतिशतले नाफा बढाएको देखिएको छ ।
गैर आवासीय नेपालीहरुको लगानी रहेको सानिमा बैंकको संस्थागत सुशासनको अवस्था त्यति राम्रो भने देखिएको छैन । यद्यपि बैंकको कर्जाको बेसरेट गत वर्षको तुलनामा घटेको सार्वजनिक भएको विवरणले देखाएको छ । २०७५ असार मसान्तमा ९.९१ प्रतिशत रहेको बेसरेट २०७६ असार मसान्तमा ९.४५ प्रतिशतमा झरेको छ । साथै बैंकको प्रति सेयर आम्दानी २८.०४ रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खराब कर्जा अनुपात सबैभन्दा कम रहेको बैंकको यो वर्ष सामान्य रुपमा बढेको छ।
यो अवधिसम्म आईपुग्दा बैंकले ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब २४ करोड कर्जा प्रवाह लगानी गरेको छ । साथै सेयरधनीलाई गतवर्षको नाफाबाट २० प्रतिशत लाभांश दिनसक्ने बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । यद्यपी वार्षिक वित्तीय विवरण स्वीकृत हुँदा उक्त रकम फरक भने पर्ने देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्