
काठमाडौँ । लघुवित्तहरुलाई विकास बैंकमा स्तराेन्नति गर्न सकिनेगरी नयाँ व्यवस्था आउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन (बाफिया)मा लघुवित्तहरुलाई विकास बैंकमा स्तराेन्नति गर्न सकिने व्यवस्था रहेको बताएका हुन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित ग्रामीण स्वबलम्बन कोष, साना किसान विकास लघुवित्तलाइ हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन (बाफिया)मा यस्तो व्यवस्था हुन लागेको बताएका हुन् ।
‘चार पाँच वर्षमा हामी गरिबीको अन्त्य गर्छौ भनीरहेका छौं, गछौं पनि । त्याे बेला गरिबीको परिभाषामा लघुवित्तहरूलाई लगानी गरि राख भन्न पनि सकिँदैन । कि लघुवित्तकाे परिभाषा खुकुलाे गर्दै जानुपर्यो या विकास बैंकको मोडलबाट जानुपर्यो । त्यसैले दीर्घकालीन रुपले हेर्दा राम्रो काम गर्ने, पूँजी पुर्याउने लघुवित्तहरुलाई विकास बैंकमा स्तराेन्नति गर्न सकिन्छ।’ अर्थमन्त्री खतिवडाले भने, ‘बैंकहरुले पत्याई नसेकेका, माइक्रोफइनान्स संस्थाहरुले छोडिसकेका समूहलाई तपाईहरुले समेट्ने हो। यिनीहरु पछि ठूला व्यवसायिक पनि हुन्छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्