
काठमाडौं । संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छन् । यस अवधि सम्म आइपुग्दा बैंकहरुको खुद नाफा २५.१०% ले वृद्धि भएको छ । विवरण अनुसार बैंकहरुले कुल ६५ अर्ब ४० करोड १३ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।अघिल्लो वर्षको सोही अवधिमा २८ बैंकहरुले ५२ अर्ब २७ करोड ८० लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएका थिए ।
असार मसान्त सम्ममा आईपुग्दा ३ बैंकको नाफा घटेको छ भने २५ बैंकको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा बढाउने बैंक एनआईसी एसिया बैंक रहेको छ । बैंकको नाफा १२८. ७३ प्रतिशतले बढेको हो भने नेपाल बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । यस बैंकको नाफा १८.७७ प्रतिशतले गिरावट आएको हो ।
यस्तै यस अवधिमा २२ वटा बैंकको रिजर्भ कोष बढेको छ भने ६ बैंकको घटेको छ । रिजर्भ कोष पनि एनआइसी एसिया बैंकले नै बढाएको विवरणमा उल्लेख छ । रिजर्भ कोषमा यो बैंकले ४३.९५ प्रतिशतले वृद्धि गरेर ३ अर्ब ८८ करोड ४ लाख ६७ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस्तै रिजर्भ कोष घट्ने पनि नेपाल बैंक नै रहेको छ । यस बैंकको १२.३९ प्रतिशतले रिजर्भ कोषमा गिरावट आएको छ ।
२८ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षको चौथो त्रैमास सम्म आइपुग्दा २० बैंकले चुक्ता पुँजी बढाएका छन् । सबैभन्दा धेरै पुँजी बढाउनेमा एनसीसी बैंक रहेको छ । यस बैंकको चुक्ता पुँजी ४९.९७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यता सबैभन्दा धेरै चुक्ता पुँजी भने कृषि विकास बैंकको १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्