×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेसँग रसुवागढी र सान्जेनको शेयर सूचीकरण सम्झौता, आजबाट दोस्रो बजारमा कारोबार गर्ने बाटो खुल्ला ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

नेप्सेसँग रसुवागढी र सान्जेनको शेयर सूचीकरण सम्झौता, आजबाट दोस्रो बजारमा कारोबार गर्ने बाटो खुल्ला ! (भिडियो रिपोर्ट)

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडबीच शेयर सूचीकरण सम्झौता भएको छ । यो सम्झौता संगै रसुवागढी हाईड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले मंगलबार देखि दोश्रो बजारमा शेयर कारोबार गर्ने बाटो खुलेको छ । दुवै कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सोमबार दोश्रो बजारमा शेयर सूचीकृत गर्ने सम्बन्धी सम्झौता भएको हो । शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र रसुवागढी हाईड्रोपावर कम्पनिको तर्फबाट कार्यकारी अधिकृत विश्व मल्ल तथा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । शेयर निष्कासन तथा बाँडफाँड भएको झण्डै साढे ३ महिनापछि मात्रै यी दुई कम्पनीको शेयर पूँजी बजारमा सूचीकृत भएको हो । रसुवागढीले १ सय ११ मेगावाटको रसुवागढी र सान्जेनले ५७ दशमलब ३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन निर्माण गरिरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज र रसुवागढी हाईड्रोपावर कम्पनि बीच प्रति शेयर अंधिक तथा चुक्ता मुल्य १ सय कायम भएको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता शेयर सूचीकरणको सम्झौता भएको छ । त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीको ३ करोढ २८ लाख ५० हजार कित्ता शेयर सूचीकरण सम्झौता भएको छ ।
रसुवागढीको सूचीकृत शेयर मध्ये सर्वसाधरण तर्फको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक शेयरमा ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता रहेको छ । कर्मचारी संञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीहरु समेत गरि १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर पनि सूचीकृत भएको छ । यो कम्पनीले आगामी असार भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
त्यसैगरी सान्जेनको सर्वसाधरण तर्फको ५४ लाख ७५ हजार कित्ता शेयर, कम्पनीलाई ऋण दिने संस्थाको ३ लाख ६५ हजार, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको १२ लाख ७७ हजार ५ सय , संञ्चयकोषमा रकम संचित गर्ने सञ्चयकर्ता कर्मचारीको ७१ लाख १७ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ ।
दुई कम्पनीको शेयर कारोबार सुरु भएसंगै दोश्रो बजारमा तरलता उत्पन्न भई लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा नेप्सेले गरेको छ ।
नेप्सेका अनुसार सान्जेनको शेयर कारोबार ९६ दशमलब ३१ देखि २ सय ८८ दशमलब ९६ रुपैया र रसुवागढीको ९७ दशमलब २९ देखि २ सय ९१ दशमलब ८७ रुपैयाको सिमाभित्र हुनेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: