Skip to content
LAXMI SUNRISE BANK

कैलालीको किसान सहकारीले जागिर छोड्ने कर्मचारीको तलव खाइदियो, पीडीत न्याय माग्दै मन्त्रालयसम्म…! (प्रमाणसहित)

अर्थ सरोकार

कैलाली । विभिन्न बहानामा बैंकहरुले आफ्ना कर्मचारीहरुको तलव काटिदिएको खबर अर्थ सरोकार डटकमले पटक पटक प्राथमिकताका साथ प्रकाशित गरेपछि अहिले राष्ट्र बैंकले विभिन्न केसहरुलाई हेरी त्यसलाई समाधानको बाटोमा लागिरहेको छ । कतिपयले श्रम अदालतमा बैंक विरुद्ध मुद्धा हालेर अहिले मुद्धा लडीरहेका छन् । तर बैंकमा देखिएको यस्तो ‘कर्मचारी ठग्ने धन्दा’ अहिले सहकारीहरुमा पनि देखिन थालेको छ । यतिसम्मकि सहकारीले समेत जागिर छोड्दा विभिन्न बहानामा पैसा असुली गर्न थालेको छ ।  त्यो पनि गर्दै नगरेको मेडिकलको शुल्क भनेर ।
यस्तै एउटा उदाहरण घटना कैलालीमा घटेको छ । कैलालीमा रहेको किशान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीले जागिर छोड्दा अवैध रुपमा रकम काटेको भन्दै कृषि, भूमिसुधार तथा सहकारी मत्न्रालयमा उजुरी गरेपछि यस्तो रहस्य बाहिर आएको हो । उजुरीमा आफ्नो रकम अवैध रुपमा असुली गरिएको मात्र होइन, आफुलाई दिनुपर्ने बोनसवापतको रकमसमेत नदिएको उल्लेख छ । साथै सहकारीमा रहेको सेयर पनि अनाधिकृत रुपमा प्रयोग गरिएको दावीसमेत उजुरीमा गरिएको छ ।
बाँकी उजुरी विवरण हेर्नुहोस् :
सीइओ भन्छन्, ‘भोलि देखि आउँदिन भन्नेलाई यस्तो गर्न पाइने नियम छ’
यता सहकारीका सीइओ डम्बर साहले भने विना सूचना जागिर छोड्नेको हकमा यसरी पैसा काट्न पाइने नियम आफ्नो नियमावलीमा स्पष्ट रुपमा रहेको र सोहि अनुसार आफुहरुले नीजको तलव काटेको दावी गरेका छन् । उनले मन्त्रालयमा हालिएको उजुरीको आफुहरुले स्पष्ट जवाफ दिइसकेको दावीसमेत गरेका छन् । ‘ जागिर छोड्ने भए एक महिना अगाडी लिखित जानकारी गराउनुपर्छ। नत्र पैसा काट्ने व्यवस्था छ ।’ उनले भने । यता पीडीतले भने लिखित रुपमा नै जानकारी दिनुपर्ने नियमबारे थाहा नभएको र आफुले जागिर छोड्ने भनेर करिव डेढ महिना अघि नै सीइओलाई मौखिक जानकारी गराएको बताएका छन् । आफुमाथि बदनियत राखेर ‘तलाई देखाईदिन्छु’ भन्ने शैलीमा सीइओले दादागिरी देखाएको उनको आरोप छ ।       
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK