×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा ‘पाकिस्तानी व्यापार मेला’ सुरु, दुई मुलुकबीचको व्यापार विस्तारमा योगदान पुग्ने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौंमा ‘पाकिस्तानी व्यापार मेला’ सुरु, दुई मुलुकबीचको व्यापार विस्तारमा योगदान पुग्ने विश्वास

३१ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैंत्री व्यापार मेला’ सुरु भएको छ । दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यका सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटेड वल्र्ड ट्रेड सेन्टरमा सो मेला सूरु भएको हो । ७ दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्रीहरु मुख्य आकर्षणका रुपमा रहेका छन । त्यसैगरी मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन । नेपालका हस्तकलाका सामग्रीहरु पनि मेलामा राखिएको छ । दुवै मुलुकका उत्पादनहरुकोे बजारीकरण गर्न पनि मेला आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल मर्हजनले बताउनुभयो ।
नेपालस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दुतावासको सहकार्यमा आयोजना गरिएको सो मेलाले दुई मुलुकबीचको व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी