Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण अधिकारी नियुक्त, पुष्पराज अन्तिम समयमा ‘आउट’ भए

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण अधिकारी नियुक्त भएका छन् । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।
प्रमुख कार्यकारी अधिकृतबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि अधिकारी कामु सिइओ बनेका थिए । बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएपनि ४ जना अन्तिम छनौटमा परेका थिए । बैंकले पुष्पराज भण्डारीलाई सिइओ बनाउन खोजिरहेका बेला बैंक अफ काठमाण्डूको ऋण मुद्दामा उनी आरोपी भएपछि अधिकारीलाई नियुक्त गरेको हो। भण्डारी राष्ट्र बैंक हुँदै नेपाल एसबिआइ, वीरगञ्ज फाइनान्स, बैंक अफ काठमाण्डूसम्म पुगेका थिए। अन्तिम छनौटमा शेषरमण आचार्य र शंकरकुमार रायमाझी पनि परेका थिए।
अधिकारी २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए । उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए हुन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK