×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ ह्याकरको आक्रमणपछि राष्ट्र बैंकले घटायो एटिएमबाट झिक्न मिल्ने रकमको सीमा, अब कति पाईन्छ निकाल्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिनियाँ ह्याकरको आक्रमणपछि राष्ट्र बैंकले घटायो एटिएमबाट झिक्न मिल्ने रकमको सीमा, अब कति पाईन्छ निकाल्न ?

२० भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरहरुले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रति करोवार ५ हजारदेखि अधिकतम २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ ।
यस्तै राष्ट्र बैंककै भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले १ दिनमा ६० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरिएको बताए । यसघि १ दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो ।
यसैगरी एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइनेमा अब २० हजार रुपैयाँमात्रै झिक्न पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी