×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज १० गतेदेखि नयाँ नोट साट्न पाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असोज १० गतेदेखि नयाँ नोट साट्न पाइने !

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारका लागि असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ । हरेक वर्ष राष्ट्र बैंकले  दशैँ र तिहारको अवसरमा नयाँ नोट बजार पठाउदै आइरहेको छ । र यस वर्ष पनि नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ । 
राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिनेछ । एक व्यक्तिले बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोट पाउनेछन् । राष्ट्र बैंकले विगतमा थापथलिस्थित कार्यालयबाट नोट सटही सुविधा दिँदै आएको थियो भने यो वर्ष बालुवाटार कार्यालयबाट पनि नयाँ नोट सटहीको व्यवस्था मिलाइएको बताइएको छ ।
राष्ट्र बैंकको यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ नोट वितरण गर्ने योजना रहेको छ । नयाँ नोट लिएका वित्तीय संस्थाले पनि असोज १० गतेदेखि मात्रै नोट सटही सुरु गर्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी