Skip to content
LAXMI SUNRISE BANK

एसएमई व्यापार मेलामा अवलोकनकर्ताको उल्लेख्य भिड, औषधीजन्य जडिबुटी र अर्गानिक सामानमा आकर्षण ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ । राजधानीको भृकुटीमण्डमा जारी एसएमई व्यापार मेलामा अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहिबार देखि सुरु भएको मेलामा विशेष गरि हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरिया चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीमा उपभोक्ताको आकर्षण देखिएको हो । त्यसैगरी घरमै तयार पारिएका परिकारमा पनि उपभोक्ताहरुको आकर्षण देखिएको थियो ।
अर्गानिक उत्पादन , हिमाली क्षेत्रका जडिबुटी र शुद्ध तोरीको तेल, नौनी तथा महका स्टलहरुमा देखिएको उपभोक्ताको भीडले विषादीरहित खाद्यवस्तु उपभोगका लागि उपभोक्ता स्वयम पनि सचेत बन्दै गएको झल्को दिएको थियो । अर्गानिक तथा जैविक पद्धतिबाट वस्तु उत्पादन गर्दै आएका व्यापारीको बुझाई पनि त्यही पाईन्थ्यो । हरियो चियापत्ति, नौनी लगायतको स्टल राखेका व्यापारी सन्देश राईले पछिल्लो समय उपभोक्ता आफ्नो स्वास्थ्य प्रति बढी नै संवेदनशील हुने गरेको आफुले पाएको बताउनुभयो । पाँचथरका मनकुमार केरुङ्ग पनि हिमाली क्षेत्र तथा लेकमा पाईने जडिबुटीमा उपभोक्ताले बढी चासो देखाएको बताउनुभयो । अर्की व्यवसायी रंगिता बस्नेत आलसको तेल, अचार र शुद्ध तोरीको तेल किन्नेहरु बढ्दै गएको बताउनुभयो ।
काष्ठनिर्मित सामान, पोते, नेपाली सुतीका कपडाको साथै बंगलादेशी तथा पाकिस्तानी उत्पादनमा पनि उपभोक्ताको भीड लागेको थियो । साग्रिला क्रियसनकी सुनिता श्रेष्ठ बर्षेनी मेलाहरुमा बढ्दै गएको अवलोकनकर्ताको भीडले मेलामा किनमेल गर्ने संस्कृतिको विकास हुदै गएको बताउनुभयो । उपभोक्ताले नया नया फेसन देखि सदावहार कुर्ती तथा सारीहरु खोज्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी बंगलादेशबाट आएर मेलामा सहभागी भएका मासुत राना व्यवसाय राम्रो भएकोमा दंग देखिन्थे ।
दैनिक उपभोग्य सामानमा विषादीको उच्च प्रयोग भएका समाचार आईरहँदा उपभोक्तामा पनि थोरै भएपनि सचेतना वृद्धि भएको झल्को मेलामा देखिन्थ्यो । त्यसमा पनि भान्सामा प्रयोग हुने तरकारी, चियापत्ती, तेल, ध्यू, अचार लगायत वस्तुका स्टलहरुमा महिला अवलोकनकर्ताहरुले विशेष रुची राखेको देखिन्थ्यो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK