काठमाडौं – नेपालमा १ वर्षमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको विदेशी सुर्तीजन्य पदार्थ भित्रिएको छ । आर्थिक वर्ष २०७५/७६ मा विदेशबाट २ अर्ब ८९ करोड ६८ लाख ९९ हजार ३८५ रुपैयाँको खैनी, सुर्ती, चुरोट, हुक्का, तम्बाखु, सिगार र गुट्खा आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको हो ।
उक्त सुर्तीजन्य पदार्थ अमेरीका, चीन, भारत, इन्डोनेसिया, फिलिपिन्स, जापान, यूएईलगायतका देशहरुबाट आयात हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा भारतबाट मात्रै सबैभन्दा बढी २ अर्ब ८० करोड ७४ लाख ५० हजार ७४७ रुपैयाँको बराबरको सुर्ती, चुरोट, हुक्का र गुट्खा नेपालमा भित्रिएको उक्त तथ्यांकले देखाएको छ । बाँकी ९ करोड ९४ लाख ४८ हजार ६३८ रुपैयाँ बराबरको सुर्ती, चुरोट, हुक्का र गुट्खा अन्य मुलुकबाट आयात भएको छ ।
यस्तै ५५ लाख ८२ हजार ९४९ केजी कच्चा सुर्ती भारताबात आयात गरिएको छ भने फिल्टर जडान भएका चुरोट ४ करोड ७२ लाख ९१ हजार १ सय वटा भित्रिएको छ । जसमा इन्डोनेसियाबाट फिल्टर गरिएका चुरोट ४ करोड ७१ लाख ६० हजार वटा आयात भएका छन् । जापानबाट २ हजार ३०५ रुपैयाँका ३०० थान, सिंगापुरबाट १२ हजार १२६ रुपैयाँ बराबरको २०० थान र अन्य मुलकबाट ११ लाख ३८ हजार ४१२ रुपैयाँ बराबरको १ लाख ३० हजार ४१२ थान फिल्टर जडान गरिएका चुरोट आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्