×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक ह्याकीङका घटना बढीरहेका बेला आर्थिक पत्रकारहरुलाई दिइयो साइबर सेक्युरेटी तालिम !

PRIME CA

बैंक ह्याकीङका घटना बढीरहेका बेला आर्थिक पत्रकारहरुलाई दिइयो साइबर सेक्युरेटी तालिम !

अर्थ सरोकार

८ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंक तथा एटिएम ह्याक भएका घटना महिनैपिच्छेजस्तो आइरहेका बेला मङ्गलवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र लड बुद्ध एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा राजधानीको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडिज कलेजमा आर्थिक पत्रकारहरुलाई साइबर सेक्युरेटी तथा साइबर कानुन सम्बन्धी तालिम दिइएको छ । अपराध अनुसन्धान महाशाखाका एसएसपी नबिन्द अर्याल र पाटन कलेजका डिन अजय शर्माले करिब ३० जना पत्रकारलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एसएसपी अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर कानुनको बारेमा जानकारी दिएका थिए । पत्रकारहरुलाई प्रशिक्षण गर्दै उनले नेपालमा हुने अपराधको करिब ६० प्रतिशत अपराध इन्टरनेटको दुरुपयोगबाट हुने गरेको जानकारी दिए । साथै कार्यक्रममा फेसबुक सुरक्षा लगायतका विषयमा पनि महत्वपूर्ण ‘सेसन’ सम्पन्न भएको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: