Skip to content
LAXMI SUNRISE BANK

अवको उपाय ‘१७ नम्बर’ : सर्बोच्च पुग्यो अजय श्रेष्ठको मुद्दा !

अर्थ सरोकार

काठमाडौं । बैंक अफ काठमान्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको मुद्दा सर्वोच्च अदालत पुगेको छ । ऋण दूरुपयोग मुद्दामा उच्च अदालत पाटनले दिएको आदेश चित्त नबुझेपछि श्रेष्ठ सर्वोच्च अदालतमा पुगेका हुन् । श्रेष्ठको मुद्दा प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशमा परेको छ । 
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ मा उच्च अदालतको आदेश चित्त नबुझे सर्वोच्च जान पाइने ब्यबस्था रहेको छ । जसअनुसार श्रेष्ठ उच्च अदालत पुगेका हुन् । जसलाई १७ नम्बर महल पनि भन्ने गरिन्छ।  पुरानो मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १७ मा यो ब्यबस्था भएकोले अहिले पनि यसलाई १७ नम्बर भन्ने गरिएको हो ।

नक्कली कागजपत्रका आधारमा ऋण दिएको अभियोगमा अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK