
काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आईपुगेका थिए । नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा सचिवालय सदस्यहरूसँग भेटवार्ता गरेका थिए ।
साथै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आइतबार द्वीपक्षीय हितका विभिन्न विषयमा सम्झौता पनि भएको छ ।सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाई गरेका छन् ।
बिदाईका क्रममा विमानस्थलमा सीलाई गार्ड अफ अनर प्रदान गरिएको थियो भने बिदाईको क्रममा विमानस्थलमा नेपाली साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्